काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीस्थित मतदान केन्दमा पुगेर मत खसालेका छन् ।
बिहान करीव एघार बजेतिर मतदान केन्द्रमा पुगेका मन्त्री थापाले मतदान गरेका हुन् ।
मत खसालेपछि संक्षित प्रतिक्रिया दिँदै मन्त्री थापाले लामो समयपछि भएको स्थानीय निर्वाचनमा जनताको उल्लेख्य सहभागिता आफूले पाएको बताए । उनले भने, ‘निर्वाचनमा जनताको उल्लेख्य सहभागिता पाएको छु ।’
उनले आफूलाई मन पर्ने मतदातालाई मतदान गरेर स्थानीय तहको निर्वाचन सफल बनाउन अपील पनि गरेका छन् ।












प्रतिक्रिया