२० कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरका उम्मेदवार राजुराजले कहाँबाट मतदान गर्दै छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको व्यास– २ स्थित सत्यवती उच्चमाविमा रहेको केन्द्रमा मतदान गर्ने भएका छन् ।

पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार भोलि आइतबार सात बजे नेता पौडेलले सत्यवती उच्चमावि केन्द्रमा पुगेर मतदान गर्ने छन् ।

त्यसैगरी कांग्रेसका अर्का प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाल युवक माबि पकनाज्वल– १६ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने छन् । सिंहका सहयोगी यूपी लामिछानेका अनुसार सिंहले सातै बजे मतदान गर्ने छन ।

कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका राजुराज जोसीले पनि वडा नम्बर १९ स्थित यङ्खा बहालस्थित मतदान केन्द्रबाट सात बजे बिहान मतदान गर्ने छन् ।

उप–मेयरकी उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले पिके क्याम्पस बागबजार मा साढे सात बजे मतदान गर्नु लामिछानेले जानकारी दिए ।