२० कार्तिक २०८३, शुक्रबार

यहि हालतमा रुपन्देहीमा होला त निर्वाचन ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ३० वैशाख । करिब एक महिना अगाडी पाकिस्तानि नागरिक मोहमद हबिब जाहिर काठमाण्डौंबाट बुद्ध एअरमा भैरहवा आएपछि एकाएक गायब भए । पाकिस्तानी सेनाको कर्णेल तहको जागिरबाट निवृत भएका उनी भैरहवा ओर्लिएपछि कहां गए, जिउंदो मर्दो अहिलेसम्म पत्तो छैन ।

गएको १५ दिन अगाडी लुम्बिनी स्थित थाई विहार छेउमा एकजना बालक मृत अवस्थामा भेटिए । यहि बैशाख २५ गते सैनामैना नगरपालिकाको सालझण्डीको जंगलमा एक युवकलाई हातखुट्टा बाधेंर क्रुर तरिकाले हत्या गरि बाधेंर फोलेको भेटियो । मृतक दामोदर के.सी. टाइगर वियर फयाक्ट्रीमा काम गर्दा रहेछन् । क्रुर तरिकाले गरिएको हत्याका संलग्न अहिलेसम्म कोही पनि प्रहरीले पक्राउ गरेको छैन । २६ गते ओमसतिया गाउपालिका स्थित कुडिया ड्याम छेउमा अधबैशें एकजना नागरिकको लाश भेटियो । छिपागढ सेकेन्डरी स्कुलको बेल्ट लगाएको उक्त व्यक्तिको हत्यारा पनि अझै पत्ता लाग्न सकेको छैन
यी प्रतिनिधीमूलक मृतकको उदाहरणले रुपन्देहीमा सुरक्षाको अवस्थालाई छलंगैं पार्दछ । नेपाल भारत खुल्ला सीमाना जोडिएको रुपन्देही जिल्ला भौगोलिक, भाषीक, जातिय, धार्मिक दृष्टिले विविधतामा एकता भएको जिल्ला हो ।

शान्तिको मुहान लुम्बिनीबाटै विदेशी नागरिक गायब हुनु , लुम्बिनी भित्रै वेवारीसे लाश भेटिनुले झन सुरक्षामाथी प्रश्न चिन्ह खडा गरेको छ ।
सुरक्षाकर्मिको अभावको कारणले घटना घट्यो भन्ने हो भने रुपन्देहीमा भैरहवामा नै एसएसपीको नेतृत्वमा अन्चलप्रहरी कार्यलय छ । एसपीको नेतृत्वमा जिल्ला प्रहरी कार्यलय छ । शसस्त्र प्रहरीका एसपीको नेतृत्वमा सीमा सुरक्षा बल छ । एसपीको नेतृत्वमा राष्ट्रिय अनुसन्धानको टोली छ । बुटवलमा डिएसपीको नेतृत्वमा प्रहरीको इप्रका छ । एसएसपीको नेतृत्वमा तालिम केन्द्रमा दैनिक हजारौं प्रहरीले परेड खेल्छन् । जिल्लाभरी इप्रका, चौकी छन् । सुरक्षाका थप फौज प्रायाप्त छन् । साधनस्रोतका दृष्टिले र भौगोलिक हिसाबले अन्य जिल्ला भन्दा सुगम छ । तर पनि घटना घटेको कयौं दिन वित्दा समेत हत्यारा पत्ता लाग्न सकिरहेको छैन । मान्छे गायब भएको महिनौं वित्दा सम्म जिउदों मर्दो पत्तो लाग्न सकेको छैन । हत्यारा पत्ता लागेपनि पक्राउ पर्न सकेको छैन ।

उद्योगी कुल प्रसाद न्यौपाने माथी गोली हान्ने होस् वा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने दुबै जना अहिले सम्म पक्राउ पर्न सकेका छैनन् । यावत घटनाले रुपन्देहीमा सुरक्षा अवस्था कमजोर भएको सर्वसाधरणले आंकलन गरिरहेका छन् । यद्यपी जिल्लाको समग्र सुरक्षाको नेतृत्व गर्ने रुपन्देहीका सुरक्षा संयन्त्रका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले भने सर्वसाधरणले सोचेजस्तो सुरक्षा अवस्था कमजोर नभएको दाबी गर्छन् । उनले यो सम्वाददाता संग कुरा गर्दै उनले भने “महिना दिन यताका केही प्रतिनिधी घटनालाई विश्लेषण गर्दा सुरक्षा अवस्थामा प्रश्न उठ्नु जायजै हो तर जिल्लामा सुरक्षा अवस्था सबै दृष्टिकोणबाट मजबुत बनाउन हामी लागी परेका छौं । ”

दैनिक दर्जनौं भिभिआइपीहरु ओहोरदोहर गर्ने रुपन्देही जिल्लामा केही वर्ष अगाडी अहिलेको भन्दा झनै विग्रीएको सुरक्षा अवस्था थियो । अहिलेका नेपाल प्रहरीका आइजीपी प्रकाश अर्याल तत्कालिन समयमा रुपन्देही प्रहरी प्रमुख भएको बेला ९ जना अपराधीक समुहका नाइकेलाइ कारबाही गरेपछि जिल्लामा त्यसयता कुनै ठूलो घटेन । तर अहिले जिल्लामा खुलेआम फील्मी शैलीमा मान्छे मारेको जिम्मा लिने अपराधीक समुह र चन्दा आतंक मच्चाउने समुहले पुनः जिल्लामा आतंक मच्चाइरहेका छन् ।