२० कार्तिक २०८३, शुक्रबार

अज्ञात समूहबाट ट्रकमा आगजनी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, ३० वैशाख । डोटीमा अज्ञात समूहले एक ट्रकमा आगजनी गरेको छन् ।

डा.के.आई.सिं राजमार्ग अन्तरगत जिल्लाको शिखर नगरपालीका वडा नं. ८ गोल्मागाड भन्ने ठाउँमा शनिबार बिहान करिब पौने ५ बजेको समयमा भे १ ख ११५१ नं. को ट्रकमा आगजनी भएको हो ।

बर्दीयाबाट अछामतर्फ गईरहेको सामान लोड गरिएको ट्रकमा आगजनी भएको चालक हनुमान चौधरीले बताए । उनले भने– ‘५÷६ जनाको समूह आएर आज बन्द हो, तँलाई थाहा छैन भन्दै थिए, गाडीको अगाडी र पछाडीको टायरमा पेट्रोल छर्केर भागेका थिए ।’

उक्त समूह गाडीभित्रै पसेर चालकसँगै आफ्नो पनि मोबाईल थुतेर लगेको ट्रकका सह–चालक रोहित बि.क.ले बताए ।

ट्रक बाँकेको कोहलपुरका बुद्धी सिं बिष्टको रहेको श्रोतले जानकारी दिएको छ ।
आगजनी गर्नेको प्रहरीले खोजी गरिरहेको प्रहरी चौकी तिलतालीका ईन्चार्ज लोकेन्द्र बहादुर मल्ललाई उद्धृत गर्दै स्थानीयबासी समेत रहेका पत्रकार गणेश मल्लले दैनिक नेपाललाई जानकारी दिएका छन् ।