२० कार्तिक २०८३, शुक्रबार

यस्ता छन् कीर्तिपुरलाई समृद्ध बनाउने उपमेयर उम्मेदवार विमलाका महत्वाकांक्षी योजना

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । भोलि हुने स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं उपत्यकाभित्रको महत्वपूर्ण कीर्तिपुर नगरपालिकामा उपमेयर उम्मेदवार विमला श्रेष्ठ विष्टले नगरलाई समृद्ध बनाउने पञ्च वर्षीय योजना अघि सारेकी छन् ।

सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट नगरपालिकाको उपमेयर उम्मेदवार विमलाले ऐतिहासिक तथा साँस्कृतिक कीर्तिपुर नगरको मौलिकतालाई कायम राखी नगर क्षेत्रको बिकासका लागि पर्यटन, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य र रोजगारी लगायत भौतिक पूर्वाधार निर्माण तथा सुशासन कायम गरी आगामी पाँच वर्षभित्र कीर्तिपुर नगरलाई सभ्य, सु–संस्कृत र समृद्घ नगर बनाउने योजना ल्याएकी हुन् ।

यस्तै उनका पाँच मुख्य उद्देश्यमा व्यवस्थित विकास,सुशासन र प्रभावकारी स्थानीय सरकार, आर्थिक समृद्धि, सामाजिक सुरक्षा, समतामुलक समाज र खुसी नागरिक, समृद्ध समाज रहेका छन् ।

यस्ता छन् विमलाका महत्कांक्षी योजनाः

नीति तथा कार्यान्वयन सम्बन्धी प्रतिबद्धता

– नगर बासी प्रति पूर्ण रूपमा जवाफदेहि तथा उत्तरदायी रहने ।
– आर्थिक पारदर्शिता कायम गरी भ्रष्टाचार मुक्त छिटो छरितो प्रशासन चलाउने ।
– नगर भित्र जातिय एवम् क्षेत्रिय सन्तुलन कायम गरी सुशासनको प्रत्याभुती गराउने ।
– स्थानिय निकायको हरेक काम कार्यवाही Online मार्फत सहज एवम् गर्ने ।

नगर बिकास तथा सुव्यवस्था सम्बन्धी प्रतिबद्धता

– यस ऐतिहासिक साँस्कृतिक नगरको मौलिकतालाई कायम राखि पर्यटकिय नगरको रूपमा बिकास गर्ने साथै पर्यटकका लागि अन्य क्षेत्रहरुको पनि पहिचान गरि विकास गर्ने ।
– नगरपालिका भित्र प्रत्यक बस्ती समेट्ने गरी तीन महिना भित्र योजना निर्माण गरिनुका साथै बार्षिक प्रगती विवरण सम्बन्धि प्रतिवेदन नगर बासीहरु माझ प्रस्तुत गर्ने ।
– सडक संजाल बिस्तारको नाममा आदिवासी जनजाति/रैथानेहरुलाई बिस्थापित गर्ने जनबिरोधी सडक बिस्तार पूर्णतः रोक लगाई सडक बिकास/बिस्तार योजनालाई प्राथमिकता दिने ।
– नगर क्षेत्रभित्र व्यवस्थित सवारी पार्किङ्ग गर्न अत्याधुनिक सवारी पार्किङ्ग क्षेत्र निर्माण गर्ने ।
– काठमाडौं महानगरसँग सहकार्य गरि मेट्रो तथा मोनो रेल संचालन गरी पर्यटकलाई आकर्षण गर्ने ।
– नगर क्षेत्रभित्र सार्वजनिक स्थानहरुको पहिचान गरी त्यस्ता ठाउँहरुको संरक्षण र सम्बद्र्घन गर्न बिभिन्न मनोरञ्जनात्मक पार्क, खेलकुद मैदान तथा हरियाली उद्यान निर्माणमा बिशेष जोड दिने ।
– सडक बत्ती जडान गरी कीर्तिपुर नगरलाई उज्यालो शहरका रुपमा चिनाउने ।
– शहरी गरिबहरुको लागि आयआर्जन गर्ने उपयुक्त कार्ययोजना बनाई कायान्वयन गर्ने । गैरसरकारी संस्था र सहकारीलाई प्रभावकारी रुपमा प्रयोग गर्ने साथै पछाडी परेका र पारिएका वर्गहरुको क्षमता बिकासको तथा उद्यमशिल तालिमहरु सम्बन्धि बिशेष कार्यहरु संचालन गर्ने ।
– कीर्तिपुर शहर भित्र पोलमा जडान भएका बिद्युत, टेलिफोन, केबल लगायतका तारहरु र जथाभावी राखिएका होर्डिङ्ग बोर्डलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी दृष्य प्रदुषण नियन्त्रण कार्य तथा शहरी सौन्दर्यलाई ध्यानमा राखी उचित व्यवस्थापन गर्न पहल गर्ने ।

खानेपानी, फोहोरमैला तथा सरसफाई सम्बन्धी प्रतिबद्धता

– नगर क्षेत्र भित्र रहेका खानेपानीको श्रोतहरुको उचित व्यवस्थापन तथा भण्डारण गरी नगर बासीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने ।
– दूधपोखरी, सिम र नौमूले जस्ता खानेपानीका मुहान क्षेत्रलाई नगर संरक्षित जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्ने ।
– नगर क्षेत्रमा निर्माणाधीन मेलम्ची खानेपानी यथाशक्य चाँडो सम्पन्न गरी नगरको खानेपानी बितरण प्रणालीमा जडान गरी बितरण गर्ने ।
– खानेपानीका लागि थप नयाँ श्रोतहरुको पहिचान गरी उत्पादन बृद्घि गर्ने र समानुपातिक ढंगबाट बितरण गर्ने ।
– नगरपालिका अन्तर्गतको निकाय तथा अन्य निजी संघ संस्थाको सक्रियता र महानगरपालिकासँगको सहकार्यमा दैनिक फोहोर मैलाको संकलन तथा बडा स्तरीयमा नै प्रशोधन केन्द्र स्थापना गर्न पहल गर्ने र फोहोरमैलालाई मोहरमा परिणत गरी जनचेतना अभिबृद्घि गर्ने ।
– नगर क्षेत्रभित्र हाल प्रयोगमा रहेका ढलहरुको स्तरोन्नति गरी नगरका सबै क्षेत्रमा ढल निकासको ब्यवस्था गर्ने । साथै नगर क्षेत्रभित्र सबै खुल्ला ढलहरुबाट निस्कासित ढलको फोहोरलाई प्रशोधन पछि मात्र बागमतिमा बिसर्जन गर्ने ।

शिक्षा तथा स्वास्थ्य सम्बन्धि प्रतिबद्धता

– शिक्षालाई ब्यवसायिकरणमा न्युनीकरण गर्ने उद्देश्यले नगर क्षेत्रमा रहेका सरकारी बिद्यालयहरुको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार लगायत अन्य शैक्षिक स्तर बृद्घि गरी सुविधा सम्पन्न सरकारी बिद्यालयहरु संचालनमा ल्याउने ।
– नेपाली काँग्रेसको प्रयासमा निकट भविष्यमा नै त्रि. वि. वि हाताभित्र निर्माण हुने गणेशमान सिंह Poly Technical Institute (CTEVT) बाट सम्बन्धन मा नगरका बासिन्दाहरुलाई बिशेष आरक्षणको ब्यवस्था गर्नुका साथै उक्त संस्थाको व्यवस्थापन समितिमा सम्मानजनक प्रतिनिधित्व कायम गराई रोजगार लगायत सेवा सुविधाहरुमा नगर बासिन्दाहरुलाई बिशेष प्राथमिकता दिलाउने ।
– नगरबासीहरु माझ स्वास्थ्य बीमा सम्बन्धी जागरण अभियान संचालन गरी बालबालिका तथा वृद्घवृद्घाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिने ।
– नगरपालिकाको सक्रियतामा प्रत्येक वडाहरुमा घुम्ती स्वास्थ्य सेवा संचालन गर्ने तथा निःशुल्क औषधी बितरण र कीर्तिपुर अस्पताललाई नगरको पूर्ण अधिनमा लिई संचालन गर्ने ।
– प्रत्येक वडा र सम्पदा स्थलमा कम्तिमा पनि एक/एक वटा सार्वजनिक शौचालय स्थापना गर्ने ।

कला, संस्कृति तथा सम्पदा सम्बन्धी प्रतिबद्धता

– यस नगर क्षेत्रलाई साँस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न तत्काल पर्यटकीय गन्तव्यको सूचिमा समावेश गर्ने ।
– नगरभित्र रहेका दाफा खलः, आःखाः खलः, भजन खलः, लगायत बिभिन्न बाजागाजा समूह र क्लबहरुलाई नगरपालिकामा सूचिकृत गरी उक्त संस्थाहरुको बिकास र सम्बद्र्घन लागि बार्षिक बजेट निकासामा बिशेष पहल गर्ने ।
– परम्परागत साँस्कृतिक गुठिहरु तथा यस नगरभित्र मनाईदै आईरहेका परम्परागत साँस्कृतिक पर्व र जात्राहरुलाई संरक्षण तथा सम्बद्र्घ गर्दै जाने उद्देश्यले गठित वा गठन हुने बिभिन्न समिति संघ संस्थाहरुलाई आर्थिक अनुदानको ब्यवस्था गर्ने ।
– नगर क्षेत्रभित्र रहेका साँस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको उचित संरक्षण र सम्बद्र्घन गर्नुका साथै उचित स्थानहरुमा पर्यटकीय दृष्टिकोणले उचित स्थानमा View Tower निर्माण गरिने ।

अन्य सामाजिक कार्यहरु सम्बन्धी प्रतिबद्धता

– यस नगरभित्रका भूकम्पपीडितको लालपूर्जा, राहतलगायतका समस्यालाई तत्काल सम्बोधन गरी परिणाममुखी बनाउने ।
– युवाहरुलाई कुलत तथा दुव्र्यसनीका बिरुद्घ चेतना मुलक कार्यक्रमको अभियान संचालन गर्नुका साथै यस्ता गलत क्रियाकलापबाट टाढा राख्न विभिन्न खालका युवा मैत्री खेलकुद, मनोरञ्जन र स्वरोजगारका कार्यक्रम संचालन गर्ने ।
– बैदेशिक रोजगारमा जान चाहाने युवाहरुलाई नगरपालिका मार्फत तालिम प्रदान गरी दक्ष बनाई बिदेश जान सहयोग गर्ने ।
– महिलाहरुलाई आफ्नो अधिकारप्रति सचेत गराउन बिभिन्न परामर्श, चेतनामुलक तथा महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
– महिला हिंसा बिरुद्घ अभियान संचालन गर्नुका साथै एकल महिलाहरुलाई आत्मानिर्भर बनाउन बिभिन्न रोजगारी सम्बन्धी तालिम प्रदान गर्ने र व्यवसाय संचालन गर्न आर्थिक रुपमा प्रोत्साहन समेत गर्ने ।
– प्रत्येक वडामा बाल कल्याण क्लब र बृद्घबृद्घाहरुका लागि ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने ।
– नगर क्षेत्रभित्र रहेका मसानघाटहरुको स्तरोन्नति गर्ने/गराउने ।
– दैवी बिपद् र यसबाट कसरी बच्न सकिन्छ भनि जनचेतना बिकास गर्ने गराउनुका साथै यस्ता बिपद्को सामना गर्न नगरभित्र वारुण यन्त्र कार्यालय तथा भूकम्प राहत कोषको स्थापना गर्ने/गराउने ।
– नगरभित्र एम्बुलेन्स तथा शव बाहन सेवालाई सर्वसुलभ रुपमा उपलब्ध गराउन पहल गर्ने ।
– व्यवस्थित बजार अनुगमन गरी कालो बजारी, कृत्रिम अभाव र मिसावट तथा म्याद नाघेका खाद्य सामाग्रीहरु बेचबिखन गरी उपभोक्तालाई ठग्ने कार्यलाई निरुत्साहित गरी कानूनको दायरामा ल्याई कडा कारवाही गर्ने/गराउने ।

को हुन् विमला ?

व्यक्तिगत विवरण

नाम: बिमला (श्रेष्ठ) बिष्ट

ठेगाना: कीर्तिपुर-४, दुधपोखरी

विवाह: २०३८ साल

सन्तान: ३ छोरा

पतिको देहावसान: २०६१ साल

राजनैतिक विवरण

  • २०४५ साल- नेपाली कांगेसको सदस्यता
  • २०४६ साल- जन-आन्दोलनमा सक्रिय
  • २०५४ साल- स्थानीय निकायको निर्वाचनमा तत्कालिन कीर्तिपुर वार्ड न ७ को महिला समिति सदस्यमा निर्वाचित
  • २०६२/२०६३ साल- जनआन्दोलनमा महिलाहरुको नेतृत्वदायी भूमिका
  • २०६७ साल- क्षेत्रीय प्रतिनिधि- १२ औ महाधिबेसनमा
  • २०७२ साल – क्षेत्रीय प्रतिनिधि- १३ औ महाधिबेसनमा
  • २०७३ साल- सभापति, नेपाल महिला संघ-काठमाडौँ क्षेत्र-१०

सामाजिक विवरण

  • विभिन्न महिला समूहमा नेतृत्वदायी भूमिका लिई महिला हरुको बृतिबिकासमा सक्रिय रुपमा संलग्न
  • बाघभैरब मन्दिर ब्यबस्थापन समिति सदस्य
  • धार्मिक तथा भजन समूहको सदस्य
  • गरिब तथा असह्य बाल बालिकाको शिक्षाको लागि सहयोग गर्दै आएको
  • एकल महिलाहरुको हक, हित र बृतिबिकासमा निरन्तर संलग्न
  • महिलाहरुलाइ उद्धेमी बनाइँ स्व निर्भर बनाउन निरन्तर सक्रिय