२० कार्तिक २०८३, शुक्रबार

उदयपुरको जिल्ला अस्पतालमा शल्यक्रिया सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, ३० वैशाख । प्रसुतिको मात्र शल्यकृय हुँदै आएको जिल्ला अस्पताल उदयपुरमा शुक्रबारदेखि पहिलो पटक अन्य बिरामीको पनि शल्यकृया सेवा सुचारु भएको छ । सेवा सुचारु गरेको पहिलो दिन शुक्रबार दुई महिलाको सफल शल्यकृय भएको छ ।

एपेन्डिसाइटिसको समस्या लिएर जिल्ला अस्पताल पुगेकी त्रियुगा नगरपालिका ४ वगाहाकी ४५ वर्षीया भीमकुमारी मगर र जन्मजात दाहिने हातमा मासु पलाएर रोगसँग लडदै आएकी त्रिनपा १४ साउनेकी १८ वर्षीया ममता मगरको सफल सल्यकृय गरिएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डा. फडिन्द्र बरालको नेतृत्वमा रहेको चिकित्सक टोलीले दुबैको सफल शल्यकृय गरेको हो ।

स्वास्थ्य विभागको निर्देशनसँगै जिल्ला अस्पतालले भर्खरै आफ्नो सेवासुबिधामा विस्तार गरेको हो । अस्पतालले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सेवा सुचारु गर्ने बताएको थियो ।

नयाँ सुबिधाअन्तरगत अस्पतालले हात्तिपाईले रोग लागेपछि देखा पर्ने हाइड्रोसिलको निशुल्क अप्रेशन, एपेन्डिसाइटिस, हर्निया, ऐंजेरु, सिजरिङ सेक्सन, सर्पदंश, रेविज, इसिजि, एआरटी सेन्टर स्थापना, निशुल्क र सहशुल्क फार्मेसी सेवा, एकद्धार संकट व्यवस्थापन केन्द्र, डेण्टल सेवा, इएसएस (पेयइङ क्लिनिक) लगायत रहेकाछन् ।

यसकासाथै अपरेशनसहितको प्रसुति सेवा, भिडियो एक्सरे, ल्याब, एक्सरे सेवालाई २४ घण्टा उपलब्ध हुने निमित्त मेडिकल सुपरिटेण्डेड डा. फडिन्द्र बरालले जानकारी दिए ।

५० सैयाको जिल्ला अस्पतालमा अहिले ३ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत रहेका छन् । अस्पतालले बिहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडीपछि दिउँसो ३ देखि ५ बजेसम्म मेडिकल अधिकृतको २ सय ५० र विशेषज्ञको ३ सय ५० रुपैँया पुर्जा शुल्क लिई सार्वजानिक बिदा र शनिबार वाहेकका दिनमा पेयइङ सेवासमेत सञ्चालनको तयारी गरेका अस्पताल समितिका अध्यक्ष खत्रीले जानकारी दिए ।

निःशुल्क पाइने ७० प्रकारका औषधि वाहेक अन्य औषधिको हकमा न्यूनतम १० प्रतिशत छुटमा सर्वसाधरणलाई अस्पताल परिषर भित्रैबाट औषधिसमेत उपलब्ध गराईने सुपरिटेण्डेड बरालले बताए ।