ललितपुर, २८ वैशाख । पूर्वाधार विकास सहित आर्थिक–सामाजिक विकासमा पछाडि परेको कर्णाली अञ्चलका हुम्ला, जुम्ला, कालिकोट मुुगु र डोल्पा जिल्लामा पनि यसपटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अभूतपूर्व लहर आएको छ । कांग्रेसका उम्मेदवारहरुले उठाएका स्थानीय विकासका मुद्दाहरु, जनताका अधिकारका कुरा मतदाताले ज्यादै मन पराएको र पार्टीमा अनवरत रुपमा काम गरेका जनताको विश्वास पाएका उम्मेदवारहरु प्रस्तुत गरेकोले कांग्रेसको पक्षमा यस्तो लहर आएको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका
जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रसले कान्तिका सेजुवाललाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । नेपाल विद्याथी संघबाट राजनीतिक यात्रा आरम्भ गर्नुभएकी सेजुवाल पार्टीले सञ्चालन गरेका हरेक आन्दोलनमा सक्रिय रहदै आउनु भएको छ । नेपाल शिक्षक संघमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्नुभएकी सेजुवाल स्वर्गीय नेता मानव सेजुवालकी धर्मपत्नी हुनुहुन्छ । पतिको निधनपछि शिक्षण पेशा छोडेर राजनीतिमा ओर्लिनुभएकी सेजुवाल पार्टीको महासमिति सदस्य हुनुहुन्छ ।
नेपाली कांग्रेसले चन्दननाथ नगरपालिकामा जगतबहादुर खत्रीलाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । नेपाल शिक्षक संघको विभिन्न पदमा रहेर काम गरिसक्नुभएका खत्री विभिन्न सामाजिक संघ संस्था मार्फत सामाजिक विकासमा समर्पित रहदै आउनुभएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका
नेपाली कांग्रेसले मुगुको छायाँनाथ रारा नगरपालिकामा हरिजंग शाहीलाई प्रमुखको रुपमा अघि सारेको छ । लामो समयसम्म हेल्थ असिस्टेन्ट रुपमा जिल्लाका जनताको सेवा गरेर राजनीतिमा आउनुभएका शाही निजामति कर्मचारी युनियनको केन्द्रीय सदस्य पनि रहनुभएको थियो । उहाँले स्नाकोत्तरसम्मको उपाधि हासिल गर्नु भएको छ ।
यस नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिका
डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसले सुवर्णकुमार बुढालाई प्रमुखको उम्मेदवार बनाएको छ । यस नगरपालिकामा नेपाली कांग्रेसले माओवादीसँग चुनावी तालमेल गरेको छ । समाजसेवा, राजनीति र व्यापार व्यवसायलाई एक साथ अघि बढाउदै आउनुभएका सुवर्णकुमार अहिले तरुण दलको जिल्ला उपसभापति हुनुहुन्छ ।
त्रिपुराशुन्दरी नगरपालिका
नेपाली कांग्रेसले डोल्पाको त्रिपुरशुन्दरी नगरपालिकमा डिलबहादुर विष्टलाई प्रमुखको उम्मेदवार बनाएको छ । विगत लामो समयदेखि राजनीतिक सक्रियता देखाउदै आउनु भएका विष्ट २०५२ सालमा नेपाली कांगे्रसमा आबद्ध हुनु भएको हो । उहाँ ०४६ र ०६२÷०६३ को आन्दोलनमा सक्रिय सहभागी हुनु भएको थियो ।
२०४१ सालको शिक्षक आन्दोलनका समयमा १५ दिन हिरासतमा पर्नुभएका विष्ट शिक्षक संघको जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ । पार्टीको जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नु भएका विष्ट ०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएको थियो । उहाँ पटक पटक पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहीसक्नु भएको छ ।
डोल्पाको त्रिपुराशुन्दरी नगरपालिकामा नेपाली कांग्रेसले बुद्धकुमारी शाहीलाई उप–पं्रमुखको रुपमा अघि सारेको छ । शाही नेवि संघ र महिला संघको विभिन्न जिम्मेवारी सम्हालेर पार्टी राजनीतिमा सक्रिय हुनु भएको हो । समाजसेवामा समेत सक्रिय रहनुभएकी शाही महिला संघको जिल्ला सचिव, पार्टीको क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रिितनिधिको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।












प्रतिक्रिया