२० कार्तिक २०८३, शुक्रबार

पाँचथरमा कांग्रेस–एमालेबीच मेयरमा प्रतिस्पर्धा

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कष्ण ओझा

पाँचथर, २८ वैशाख । पाँचथर जिल्लाको एक मात्र नगरपालिकामा नेपाली कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

पाँचथरमा दोस्रो चरण अन्तरगत जेठ ३१ गते चुनाव हुँदै छ । दलहरूले क–कसलाई उम्मेदवार बनाउने भनेर सामान्य रुपमा प्रचार–प्रसार सुरु गरिसकेका छन् । तर, दुई ठूला दल कांग्रेस र एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् ।

स्रोतका अनुसार मेयर पदमा कांग्रेसले मित्रप्रसाद काफ्ले र एमालेले राजकुमार भण्डारीलाई उम्मेदवार बनाउन तयारी गरेका छन् ।

माओवादी केन्द्रले भने मेयरमा राधा न्यौउपाने र उपमेयरमा रमुना लकान्द्री नेम्वाङलाई उम्मेदवार बनाउने जनाइ सकेको छ ।