२० कार्तिक २०८३, शुक्रबार

कार्यकर्ता मारिएपछि दोलखामा एमालेको प्रदर्शन, माओवादी नेतृ खड्कासहित ३९ जनाविरुद्ध जाहेरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । माओवादीले मंगलबार हत्या गरेका दोलखाका एमाले कार्यकर्ता कुलबहादुर तामाङको परिवारले बुधबार जिल्ला प्रहरी कार्यालयमा पूर्वराज्यमन्त्री देवी खड्का र माओवादी दोलखाका सहइन्चार्ज विशाल खड्कासहित ३९ जनाविरुद्ध जाहेरी दिएको छ ।

एमालेको तर्फबाट गौरीशंकर गाउँपालिका वडा नम्बर १ का सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर जुगुमा खाना खाइरहेका बेला माओवादीले आक्रमण गरेका थिए । माओवादी नेतृ खड्का र सहइन्चार्ज विशालको नेतृत्वमा जिल्ला बाहिरबाट पनि पेशेवर गुण्डा ल्याइएको थियो ।

एमाले केन्द्रीय सदस्य पार्वत गुरुङका अनुसार निहत्था एमाले कार्यकर्तालाई घेरा हालेर भालाले रोपी रोपी हत्या गरिएको छ । कुलबहादुरको हत्यापछि जुगु गाउँ नै शोकमग्न बनेको छ । माओवादी आतंकबाट पूरै गाउँ भयभीत बनेको स्थानीय वासिन्दाले बताएका छन् ।

माओवादी आक्रमणबाट गम्भीर घाइते भएका दिलबहादुर बुढाथोकीको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइहरको छ । धारिलो हतियारले टाउकोमा गम्भीर चोट लागेका उहाँ अझै बोल्न सकिरहनुभएको छैन ।

किटानी जाहेरी दिनुअघि गाउँबाट आएका एमाले कार्यकर्ता र सर्वसाधारणले दोलखा सदरमुकाम चरिकोटमा विशाल विरोध ¥याली प्रदर्शन गरेका छन् । र्यालीसहित उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।