२० कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा जोशीका नारा फितलो, शाक्यको आकर्षण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । आगामी आइतबार हुने काठमाडौ महानगरपालिका निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार विद्यासुन्दर शाक्यको महानगर बनाउने नारा कांग्रेसका उम्मेदवार राजुराज जोशी भन्दा आकर्षण नारा रहेका छन् ।

विद्यासुन्दरका काठमाडौलाई समृद्ध बनाउने चुनावी नारा नै आकर्षण रहेका छन् । जसले गर्दा आफ्ना प्रतिस्पर्धीलाई सजिलै उछिन्ने छन् ।

महानगरलाई समृद्ध बनाउन शाक्यका योजना जोशीका नाराभन्दा धेरै नै राम्रा भएका नगरवासीहरु बताउनु हुन्छ ।

विद्यासुन्दरले युवालाई स्वरोगजार बनाउने देखि युवाका मनछुने योजना अघि सारेका छन् । तर कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीका त्यस्ता नारा छैनन । उहाँका समृद्धि काठमाडौ भन्दा पनि कुरुप बनाउने योजना नारामा सारेका छन् ।

महानगरलाई सुविधासम्पन्न बनाउने शाक्यका योजना चुनावी नाराबाट नै थाहा हुने गरेको छ ।

“हाम्रो राजधानी, हाम्रो महानगर, महानगरको नेतृत्वमा विद्यासुन्दर” जस्ता नाराले विद्यासुन्दरले कस्तो महानगर बनाउदै छन भन्ने कुरा थाहा हुन्छ ।

यस्तै “स्वच्छ हराभरा प्रदुषण मुक्त शहर,काठमाडौ मेयरमा विद्यासुन्दर” जस्ता शाक्यले सजिलै जित्ने नाराबाट नै थाहा हुन्छ ।

उहाँका “मौलिक सस्कृति,विश्वसम्पदा काठमाडौ पहिचान, आधुनिक र सुविधासम्पन्न राजधानी एमालेको अभियान” जस्ता चुनावी नारा काठमाडौ स्मार्टसिटी मात्र नभई यहाँका संस्कृतिसम्पदाको संरक्षणमा पनि लगाव छ भन्ने देखिन्छ ।

यस्तै यहाँका काठमाडौको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्ने राजुराजका भन्दा धेरै राम्रा योजना शाक्यको रहेको छ ।

“सही समय सही ठाम, (नो ट्राफिक जाम)” जस्ता नाराबाट यहाँको जामलाई व्यवस्थित बनाउने योजना बनाउनु भएको छ ।

यस्तै यहाँको ग्याँस अभावलाई निर्मूल गर्नका लागि शाक्यले “घरघरमा अचम्मको सियो र घरघरमा गज्जवको चुलो” यहाँको हरियाली बनाउनका लागि “ग्रीन एण्ड क्लिन काठमाडौ” “काठमाडौ महानगर झिलिक्कः घरघर टिलिक्क” जस्ता योजना अघि सार्नु भएको छ ।

कांग्रेसका उम्मेदवार राजुराज जोशीले काग्रेसको केन्द्रीय कमिटीले ल्याएको जस्तै काठमाडौ लागि छुट्टै घोषणा पत्र ल्याएपनि त्यो नारा अनुसार काठमाडौ महानगरलाई समृद्ध बनाउने योजना छैन । राजुराजले विद्यासुन्दर शाक्यकै योजनालाई अघि सादै नारा बनाएका छन् ।

जोशीले विपीको व्याज खान आफूले पाउनु पर्ने भन्दै विपीकै नाम लिएर नारा बनाएका छन् । “समुन्नत घर—गाउँ बी.पी. को विचार, कल्याणकारी राज्य समाजवादको आधार” जस्ता विपीको नामले व्याज खाने दाउमा नारा बनाएका छन् ।

“जल, जमीन, जंगल, जडिवुटी र जलाधार: स्थानीय जनताको समृद्धिको आधार” जस्ता काग्रेसको केन्द्रीय कमिटीले बनाएको नारालाई आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् ।

“एक विपन्न परिवारः सीप सिकाइ केन्द्रमा एक निशुल्क अवसर” “एक विपन्न परिवारः पानीको एक निःशुल्क धारा” जस्ता आधारहिन नारा सारेका छन् ।