२० कार्तिक २०८३, शुक्रबार

कास्कीमा कांग्रेस उम्मेद्वारको गाडीमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस उम्मेदवारको गाडीमा आगजनी गरिएको छ ।

प्रहरीका अनुसार गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार वीरेन्द्र गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको ग १ ज ५१४८ नम्बरको जीपमा घाचोकको टुसे भन्ने स्थानमा पार्किङ् गरेकै स्थानमा मंगलबार मध्यराति १२ः३० बजे अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको छ ।

उक्त गाडी गाउँपालिकाकै उपप्रमुख उम्मेदवार टेकन शोभा गुरुङको भएको बताइएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।