२० कार्तिक २०८३, शुक्रबार

देश निर्माणका लागि युवाको साथ कॉंग्रेसलाई: महर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । लोकतन्त्र प्राप्तिपछि समृद्ध नेपाल निर्माणको जिम्मा पनि काँग्रेसको काँधमा आएकाले युवाहरूको साथ कांग्रेसलाई हुने नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताएका छन् ।

कांग्रेसलाई जिताउन नेविसंघद्वारा लिखित अपिल नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटधाट सार्वजनिक गर्दै वुढानीलकण्ठमा आयोजित कॉंग्रेसको चुनावी सभालाई सम्वोधन गर्ने क्रममा महरले त्यसो बताएका हुन् ।

उनले आर्थिक र क़ानूनी अधिकारसहितको सरकारका माध्यमले जनताको घरदैलोमा विकास पुर्याउने अवधारणा २००९ सालमा सम्पन्न कॉंग्रेस महाधिवेशनले पारित गरेको बताए । काँग्रेसले नै विक्रम सम्बत २०१५ सालमा वीपी कोईराला नेतृत्वको सरकारले पहिलोपटक स्थानीय स्वायत्त मन्त्रालय स्थापना गरेर थालनी गरेकाले जनताको घरदैलोको स्थानीय सरकारलाई जनताको हितमा प्रयोग गर्ने सामर्थ्य कॉंग्रेससँग मात्रै भएको महरले बताए । त्यसैले पनि स्थानीय तहको निर्वाचनमा काँग्रेसको विजय आवश्यक भएको धारण उनले राखे ।

यसअघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेपाली कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी हुन सकेकोले संविधानको कार्यान्वयनको लागि पनि आफ्नै पार्टीको नेतृत्व अपरिहार्य भएको बताएका थिए ।

नेपाली कांग्रेसद्वारा मंगलबार नेपाल प्रेस युनियनको कार्यालय थापागाँउमा आयोजित नियमित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य जोशीले काँग्रेस नेतृत्वमा आएका उपलब्धिको कार्यान्वयनका लागि पनि जनताले काँग्रेसलाई जनादेश दिनलागेको बताए ।