२० कार्तिक २०८३, शुक्रबार

युवा संघले सुरु गर्‍यो ‘वान बुथ सय युथ’ कार्यक्रम

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । युवा संघ नेपालले उपत्यकामा ‘वान बुथ सय युथ’ कार्यक्रमको सुरुवात गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका महानगर नगरपालिकामा एकै पटक सुरुवात गरिएको अभियानलाई शुभारम्भ गर्दै युवा संघ उपाध्यक्ष रमेश पौडेलले हरेक उमेद्वार र मतदाता एबम् बुथको सुरक्षामा देशैभर हरेक बुथमा सयदेखि दुर्इ सय युवाहरु परिचालन गरिएको बताउनुभयो ।

उहाँले एमालेको बिजयदेखि आतिएर गठबन्धन गर्नेहरुको स्थिती निर्वाचन पछी छर्लङ हुने बताउनुभयो । अब केही दिन पुरै समय निर्वाचनमा केन्द्रीत हुन उहाँले आग्रह गर्नुभयो । उपत्यकाका अगुवा युवा हरुलाई संयमित भएर स्वयम्सेवकको रुपमा लाग्न अनुरोध समेत गर्नुभयो ।