सल्यान, २६ वैशाख । स्थानीय निर्बाचन नजिकिदैँ जाँदा सल्यानमा क्रियाशिल बिभिन्न राजनितिक दलहरु निर्बाचन प्रसारप्रचारलाई तिब्रता दिएका छन् । ठाँउ ठाँउमा सभा प्रशिक्षण देखी लिएर मतदाताको घर घर सम्ममा भोट माग्न नेताहरु पुग्ने गरेका छन् । बैशाख ३१ को निर्बाचनमा आ आफ्नो पक्षमा नतिजा आउने दाबी गरेका ती दलहरुले जनतालाई बिभिन्न आश्वासन समेत दिन थालेका छन् ।
स्वच्छ, शान्त, तथा उत्कृष्ठ नगर तथा गाउँपालिका बनाउने सपना देखेका ती दलहरुले आफु र आफ्नो पार्टीले जितेमा जनताका हरेक आबश्यकता पुरा गरीदिने बताएका छन् । जिल्लाको पहिलो नगरपालिका शारदा नगरपालिकाका प्रमुख पदका उम्मेदवारका सपनाहरु प्नि कोहीको भन्दा कोहीको कम छैन् ।
सुरेश अधिकारी
नेपाली काँग्रेसको तर्फबाट प्रमुख पदको उम्मेदवार
शारदा नगरपालिका
सानो उमेर देखी नै राजनितिमा लागेको हुनाले मेरो गन्तव्य सामाजिक रुपान्तरण नै हो । सल्यान क्याम्पसको स्ववियु सभापती रही प्रजातान्त्रिक अभ्यासको थालनी गरेको व्यक्ति भएको नाताले मलाई नेपाली काँग्रेसले जिल्लाको पहिलो नगरपालिका शारदा नगरपालिकाको संस्थापक मेयरको लागि जिम्मेवारी सुम्पेको छ । त्यो जिम्मेवारीलाई ईमान्दारिता पूर्वक नगरवासीको चाहना वमोजिम पुरा गर्नको लागि मेरो उमेदवारी रहेको छ ।
म शारदा नगरपालीकाको प्रमुखमा निर्बाचित भएमा शारदा नगरपालिकालाई ऐतिहासिक, धार्मिक, सा“स्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण तथा संबद्र्धनद्वारा पर्यटकीय नगरीको रुपमा विकास गर्ने छु । यसैगरी सबै वडाका सम्पूर्ण टोलहरुमा वर्षैभरी यातायात चल्ने मोटरबाटो बनाउन पहल गर्ने छु ।
मेरो पहलमा जिल्लामा उपलब्ध सबै प्रविधिको उपयोग गरी सबै टोलहरुमा स्वच्छ खानेपानीको आपूर्ति गर्ने तथा सबै वडाहरुमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने छु । प्राथमिक तहदेखि उच्च शिक्षासम्मका सबै विद्यालयहरुमा अत्याधुनिक उपकरणको प्रयोग गरी निःशुल्क पठन पाठनको ब्यवस्था गरिनुका साथै युवा–विद्यार्थी समुदायमा आधारभूत रोजगारीको प्रर्वद्धनको लागि सबैमा प्राविधिक शिक्षाको पहुच पु¥याउने प्रण गर्दछु ।
राम कुमार खड्गी
नेकपा एमालेको तर्फबाट प्रमुख पदको उमेदवार
शारदा नगरपालिका
म अनबरत रुपमा समाज सेवा गर्दै गैरहेको र राजनितिमा क्रियाशिल ब्यक्ति हुँ । म सधै जनताको सुख दुखमा सहभागी हुदैँ आई रहेको छु । करिब २० बर्ष पछि मुलुकमा स्थानिय निकायको निर्बाचन हुने भएकाले जनता बाट अनुमोदित भै जनता कै सेवा गर्ने सोचका साथ मैले शारदा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको छु ।
हाम्रो पार्टी नेकपा एमालेले २०५१ सालमा नै सरकार सञ्चालन गर्दा देख्री नै स्थानिय निकायलाई बलियो बनाउने निति तथा कार्यक्रम ल्याएको हो । त्यस समय देखी नै गाउँमा बजेट पठाउने, स्थानिय स्तरमा जनतालाई अधिकार सम्पन्न बनाउने काम हामीले ग¥यौँ ।
आफ्नो गाउँ आफै बनाउ र नौँ स को अभियान त्यसको ज्वलन्त उदाहरण हो । अहिले पनि हामी स्थानिय रुपमा ति कुराहरुलाई अझ ब्यबस्थीत तरिकाले स्थानिय तहमा लागु गर्न चाहान्छौँ ।
मलाई नगरवासीले बिश्वास गरेर त्यो जिम्मेवारी दिएमा नगरपालिकामा आउने बजेटलाई न्यायोचित तरिकाले बितरण गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । यसैगरी पछाडी परेका ठााउ हरुलाई बिकास गर्ने, शिक्षा, स्वास्थ्य, सिचाँई, जस्ता महत्वपूर्ण बिषयलाई प्राथामिकता दिने छु । कृषिको आधुनिकीकरणमा जोड दिई पर्यटनको विकास, उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्न पहल गर्नेछु । नगरपालीका भित्रका सडक सञ्जाललाई विस्तार एव स्तर उन्नती गर्नेछु । व्यवस्थीत बजारीकरण र नगरलाई स्वच्छ सुन्दर बनाउन विशेष अभियान संचालन गर्नेछु ।
प्रमोद कुमार श्रेष्ठ
नेकपा माओबादी केन्द्रको तर्फबाट प्रमुख पदको उमेदवार
शारदा नगरपालिका
म शारदा नगरपालिकालाई सुन्दर, समृद्ध, आत्मनिर्भर र पर्यटकिय नगर निर्माणमा बिशेष पहल गर्ने छु । साथै यसलाई नमुना नगर निर्माणको लागी शारदा नगरपालिकाको प्रमुख पदमा मैले उम्मेदवारी दिएको छु ।
स्थानिय स्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी जिल्लालाई नगरलाई आत्मा निर्भर बनाउन पहल गर्ने छु । यस्तै सबैको घरमा बिद्युक्तको सुबिधा पु¥याउने प्रण गर्दछु । यसैगरी सबै वडाका सम्पूर्ण टोलहरुमा वर्षैभरी यातायात चल्ने मोटरबाटो बनाउन पहल गर्ने छु । र क्रमागत रुपमा कालो पत्रे गर्दै जाने छु ।
नगरमा खानेपानीको उचित ब्यबस्था गर्ने छु । तथा नगर क्षेत्र एवं औद्योगिक व्यापारिक क्षेत्रको विस्तार गर्न पहल गर्ने छु । स्थानीय स्रोत साधनको पहिचान एवं परिचालनद्वारा रोजगारी सृजना गर्ने पहल गने छु ।
कृषिजन्य घरायसी तथा घरेलु उद्योग–व्यवसाय, तरकारी खेती, जडिबुटी उत्पादन मार्फत नगरवासीको आयस्तर वृद्धिका लागी पहल गर्ने छु ।
मनोज कुमार प्रधान
राप्रपाको तर्फबाट प्रमुख पदका उम्मेदवार
शारदा नगरपालिका
म विसुद्ध सामाजिक क्रियाकलापमा संलग्न मान्छे हु । मेरो विगतको पृष्ठभूमि नि त्यहि हो । अरुले गर्लान भनेर धेरै हेरियो त अरुले गर्लान जस्तो लागेन । हिजो नि गरेनन् आज गर्ने छाट नि देखिएन त्यसैले मेरो यो उमेदवारी हो ।
म स्वभावैले स्वतन्त्र भएर नयाँ काम गर्ने र नयाँ मान्छेलाई सहयोग गर्न रुचाउने मान्छे हु । अरु साथीहरु मलाई जिताउनुस भोलि यो गर्छु त्यो गर्छु भनेर भनिरहनु भएको छ । म हिजो देखि गरिराको छु आज नि गरिरहेको छु भोलि नि गर्ने छु । म चुनाव नजिते पनि शारदा नगरपालिका तथा समग्र सल्यानको विकास, रोजगारीका लागि लागिरहको छु, गरिरहेको छु ।
मैले आधारभूत तर दिर्घकालिन रुपमा आम नगरबासीको जिवन स्तर सुधार्न सकनिे महत्वपूर्ण काम अघि सारेको छु । मैले नगरपालिका भित्रका सवै सरकारी विद्यालयमा प्रतिस्पर्धात्मक रुपमा निजी स्कुल सरह शिक्षा निःुशल्क रुपमा पठन पाठन गर्ने व्यवस्था गराउने छु ।
टेक बहादुर के.सी.
नेकपा मालेको तर्फबाट प्रमुख पदका उमेदवार
शारदा नगरपालिका
म उर्जाशिल युवक देशका शहरहरु, नगरहरु, गाउँघरहरु बनाउने अब युवाको पालो आएको छ । विगत १८ वर्ष देखि हाम्रो जन प्रतिनिधि विहिन अवस्थामा छौं । यस अवस्थामा विकास निर्माणहरुले ठीकसँग गति पाएका छैनन् । यहाँ भ्रष्टाचार, अनियमितता मौलाएको छ । दण्डहिनता, राजनैतिक, अस्थिरता, मानव अधिकार, शान्ति सुरक्षा लगाएतका मानव समाजका अभिन्न अंगहरु खलबलिएका छन् ।
म शारदा नगरपालिकाको प्रमुख पदमा विजय हासिल गरेपछि हाम्रो नगरमा रहेका कयौं यस्ता खालका समस्याहरु र विकास निर्माणमा रहेका ढिला ढाला र समस्याहरुमा केन्द्रित रहनेछु । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटक, जस्ता कुरामा तीव्र विकास गर्ने लक्ष्य र जिज्ञासा लिएको छु । यहाँ बालकालिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको उचित संवोधन गर्नुपर्ने देखिन्छ ।
युवाहरु अहिले वेरोजगार ले आक्रान्त भएका छन् । उनीहरुको लागि भरपर्दो रोजगार सिर्जना गराइने विषयलाई प्रमुख विषय वस्तुको रुपमा राख्ने छु । कृषि वजारको अनिश्चित ले यस शा.न.पा. मा हुने उत्पादन कहिले काहिँ माटो मलमा परिणत हुन्छ । यसको पनि यस कृषि वजार व्यवस्थापन गर्नेछु । मेरो योजनाहरु निकै रचनात्मक एवं सृजनात्मक हुनेछ ।
जगत बहादुर न्यौपाने
प्रमुख पदका स्वतन्त्र उम्मेदवार
शारदा नगरपालिका
समाजको रुपान्तरण र विकासका लागि दृढ विश्वासी नेतृत्व, यथार्थपरक योजना र स्रोत साधनको परिचालन गर्ने सिपको सदुपयोग गर्नको लागि मेरो उमेदवारी रहेको छ । निरङ्कुश र व्यक्तिवादी सोचले विकासको यथार्थपरक योजना निर्माण हुन नसक्नुका साथै योजनाविहिन ढङ्गले परिचालन गरिने स्रोत र साधनबाट कुनै प्रतिफल हासिल गर्र्न नसकिने भएकाले त्यो कुरालाई पुरा गर्न आम मतदाताले शारदा नगरपालिका प्रमुख पदका लागि मलाई मत दिनेछन् भन्ने कुराको विश्वास लिएको छु ।
हामी यस नगरपालिकाको समग्र विकासका लागि निम्न लिखित कार्य गर्न प्रविबद्धता व्यक्त गर्दछौं । योजना निर्माण, संचालन, अनुगमन तथा मूल्याङ्कनमा जनताको प्रभावकारी सहभागिता गराउने तथा आधारभूत शिक्षा तथा स्वास्थ्य सेवामा सुधार गरी सर्वसाधारणलाई निःशुल्क सेवा प्राप्त गर्ने अवसरको सिर्जना गर्ने छु ।













प्रतिक्रिया