सल्यान, २६ वैशाख । उर्जामन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावले सिंहदरवारका अधिकारहरु गाउमै पुर्याउने बताउनु भएको छ । उहाँले निर्वाचन परम्परागत जस्तो नभएकोले सिंहदरबारका अधिकारहरु गाउँमा नै जाने बताउनुभयो ।
मन्त्री शर्माले स्थानीय तहको निर्वाचनसंगै संविधान कार्यान्वयन हुने भएकोले पनि अहिलेको चुनाव महत्वपूर्ण भएको बताउनुभयो । सरकारले सबैलाई मिलाएर लिुन पर्ने भएकोले दुई चरणमा स्थानीय चुनाव गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
“सरकारले सबै राजनीतिक दलहरुलाई मिलाएर अगाडी वढ्न चाहेको छ” गृहजिल्ला रुकुम जाने क्रममा आज सल्यानको श्रीनगरमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री शर्माले भन्नुभयो– “मधेशी मोर्चालाई पनि चुनावमा ल्याउन दुइ चरणमा चुनाव गर्न लागेको हो ।” स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाइ लक्षित गर्दै दलहरुलाई संयमित हुन आग्रह गर्नुभयो ।
मन्त्री शर्माले भन्नुभयो – “स्थानीय तहको चुनावमा सवै संयमित वनौ, कसलैले पनि प्रतिशोध र तडक भडक नगरौ ।” उहाँले सवै राजनितिक दलहरुले आ–आफना कार्यकर्ताहरुलाई संयमित वनाउन आग्रह पनि गर्नुभयो ।
उज्यालो नेपाल बनाउने सपना बोकेका मन्त्री शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलइडी वल्वको प्रसँग जोड्दै बाहिर आएजस्तो कुनै चल खेल नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो– “खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन ।”













प्रतिक्रिया