सल्यान, २६ वैशाख । स्थानीय तहको निर्वाचन आउन ५ दिन मात्रै बाँकी रहेका बेला सल्यानमा एक उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ ।
चुनावमा कांग्रेसका तर्फबाट खुला वडा सदस्यमा उम्मेदवारी दिई चुनावी प्रचार प्रसारका क्रममा लडेर सख्त घाइते भएका दल बहादुर रानाको सोमबार निधन भएको हो ।
आइतबार राति १० बजे सम्म गाउकै टाट्केमा मतदातासंग भेटघाट गरिरहेका उनी छिमेकीको घरबाट लडेर जनावर बाँध्ने किलोमा परेका थिए । किलोमा परेर घाइते उनको स्थानिय गाउँमा सामान्य उपचार पछि थप उपचारको लागि भारतको लखनउ लगिएको थियो । उनको उपचारका क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले जिल्लाको कुमाखमालिका गाउँपालिकामा नेपाली काग्रेसको तर्फ बाट वडा नं.१ को खुलातर्फ सदस्यमा उम्मेदवारी दिएका थिए ।
चट्याङ लागेर एक घाईते,एक घर जलेर नष्ट
यसैबीच सोमबार राती चट्याङ लागेर जिल्लामा एक जना घाईते भएका छन । हावा हुरी र पानी सहित परेको चट्याङले बागचौर नगरपालिका –२ कोटवेतका ५३ वर्षीय विर बहादुर तामाङग घाईते भएका छन । सांझ ६ बजेतिर परेको चट्याङले लागेर बाटोमा हिडि रहेका तामाङ् घाइते भएका हुन । घाईते भएका तामांगको अहिले नेपालगन्ंजमा उपचार भई रहेको छ ।
त्यस्तै सोही ठाँउ निवासी गणेश बस्नेतको घरमा पनि क्षति पुर्याएको छ । चट्याङले घर भित्र रहेको लत्ता कपडा, सुनका गरगहना, कम्पयुटर, ल्यापटप र नगद सहित करिब २ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । घरमा कोही नभएकोले मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया