गाईघाट, २६ वैशाख । स्वास्थ्य विभागको निर्देशनसँगै जिल्ला अस्पतालको सेवासुबिधामा बढोत्तरी गरिएको छ । अस्पताल परिसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले दिँदै आएको सुबिधालाई व्यवस्थित गरी नयाँ सुबिधानहरु थप गरीएको जानकारी दिईयो ।
नयाँ सुबिधाअन्र्तगत अस्पतालले हात्तिपाईले रोग लागेपछि देखा पर्ने हाइड्रोसिलको निशुल्क अप्रेशन, एपेन्डिसाइटिस, हर्निया, ऐंजेरु, सिजरिङ सेक्सन, सर्पदंश, रेविज, इसिजि, एआरटी सेन्टर स्थापना, निशुल्क र सहशुल्क फार्मेसी सेवा, एकद्धार संकट व्यवस्थापन केन्द्र, डेण्टल सेवा, इएसएस (पेयइङ क्लिनिक) लगायत रहेका छन् ।
यसका साथै अपरेशनसहितको प्रसुति सेवा, भिडियो एक्सरे, ल्याब, एक्सरे सेवालाई २४ घण्टा उपलब्ध हुने निमित्त मेडिकल सुपरिटेण्डेड डा. फडिन्द्र बरालले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागबाट हाइड्रोसिलका विरामीको निुशल्क अप्रेशन सम्बन्धि निर्देशन प्राप्त भएको हुँदा त्यस्ता विरामीको हकमा उपचार सेवा तत्काल सुरु गरिएको उहाँको भनाई छ ।
जिल्लामा फेला परेका १० जना हात्तिपाईले विरामीमा हाइड्रोसिलको समस्या देखा परेको छ । त्यसमध्ये ४ जना महिला र ६ जना पुरुष रहेकाछन् । पहिचान भएका विरामीको उपचारका लागि जिल्ला अस्पतालमा पठाई दिन बरालले आग्रह गर्नु भयो । त्यसैगरी यस सम्बन्धी अन्य विरामीको निशुल्क औषधि उपचारका लागि अस्पताल आउने वातावरण बनाई दिन बरालले सबै पंक्षलाई अपिल गर्नुभयो ।
जिल्लामा हात्तिपाईले रोगको रोकथाम सम्बन्धी छैठोँ चरणको अभियान सञ्चालन हुँदा २ दशमलव २ प्रतिशत यस सम्बन्धी रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो । सातौ चरणमा यसपटक जिल्लामा २ लाख १६ हजार ७२ प्रतिशत सर्वसाधरणलाई हात्तिपाईलेसम्बन्धी औषधि खुवाईको उहाँले जानकारी दिनुभयो ।
५० शैय्याको जिल्ला अस्पतालमा अहिले ३ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत रहेका छन् । अस्पतालले विहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडि पछि दिउँसो ३ देखि ५ बजेसम्म मेडिकल अधिकृतको २ सय ५० र विशेषज्ञको ३ सय ५० रुपैँया पुर्जा शुल्क लिई सार्वजानिक विदा र शनिबार वाहेकका दिनमा पेयइङ किल्निकसमेत सञ्चालनको तयारी गरेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राकेश खत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी निःशुल्करुपमा पाईने ७० प्रकारका औषधि वाहेक अन्य औषधिको हकमा न्युनतम १० प्रतिशत छुटमा सर्वसाधरणलाई अस्पताल परिषर भित्रैबाट औषधिसमेत उपलब्ध गराईने सुपरिटेण्डेड बरालले जानकारी दिनुभयो । सहशुल्क क्लिनिकको उदघाटन व्यवस्थापन समितिका अध्यक्ष खत्रीले मंगलबार नै गर्नुभयो ।
अस्पतालले एचआईभि एडसका विरामीको औषधि उपचार, मुटु रोगीको इसिजी सेवा र लैङीक हिंसा ओसिएमसी सेवासमेत सञ्चालनमा ल्याएको जनाएको छ ।













प्रतिक्रिया