२० कार्तिक २०८३, शुक्रबार

एमालेतिर लागेपछि चुरेभावर पार्टीका उपाध्यक्ष बोगटी निष्कासित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २६ वैशाख । कारबाहीमा परेपछि चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका उपाध्यक्ष राजाराम बोगटीले पार्टी छाडेर एमालेमा प्रवेश गरेको दाबी गरेका छन् ।

पार्टी नीति विपरितका क्रियाकलाप गरेपछि कारबाहीमा परेका बोगटी आफू एमालेमा प्रवेश गरेको घोषणा गर्दै हिँडेका छन् । एमालेले पनि उनको संकास्पद गतिविधिका कारण पार्टीमा भित्र्याइ हालेको छैन । एमालेको मकवानपुर जिल्ला कमिटीले बोगटीको कामकारबाहीलाई हेरेर मात्रै भित्र्याउने जनाएको छ ।

सामाजिक सञ्जालमार्फत बोगटीले आफू एमालेमा प्रवेश गरेको जनाएका छन् ।

यसअघि आफूलाई कमल थापाको निकटको व्यक्ति बताउने गरेका बोगटीलाई राप्रपाले पनि विश्वास नगरेपछि निश्क्रिय रहँदै आएका थिए ।

हेटौँडा उपमहानगरपालिकाबाट चुरेभावर पार्टीको मेयर पदमा उम्मेवार बन्ने चर्चा चले पनि उनको संकास्पद गतिविधिका सो पार्टीले टिकट खोसेको थियो ।

बोगटीको संकास्पद र राष्ट्रहित विपरितका क्रियाकलाप हुने गरेका कारण कारबाही गरेर पार्टीबाट निकास्काशन गरेको कोषाध्यक्ष एवम् संगठन विभाग प्रमुख विदुरप्रसाद घिमिरेले जानकारी दिए ।