२० कार्तिक २०८३, शुक्रबार

सुस्त मनस्थिती भएकी महिला बलात्कार गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २५ गते । सुस्त मनस्थिती भएकी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा राप्ती सोनारी गाउँपालिका–५ बस्ने ५८ बर्षीय राजु थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार थारुले आइतबार सोही ठाउँ बस्ने १९ बर्षीया सुस्त मनस्थिती भएकी ती महिलालाई उनकै घर कोठामा जवरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।