२० कार्तिक २०८३, शुक्रबार

लमजुङमा हतियार बनाउने दुईसहित तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २५ गते । भरुवा बन्दुक बनाउँदै गरेका बेशिसहर–९ बिन्दा भिरकटेरी बस्ने २४ वर्षीय मनोज बिक र १९ वर्षीय प्रदिप बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जिल्ला प्रहरी कार्यालय लम्जुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा २ नाल बन्दुक सहित पक्राउ गरेको थियो ।

यसैबीच स्याङ्जाको प्रहरी चौकी चापाकोटबाट खटिएको प्रहरी टोलीले चापाकोट नगरपालिका–१२ बस्ने ३३ वर्षीय धिरज खाणलाई आइतबार चापाकोट नगरपालिका दामाचौरबाट १ थान खुकुरी र १ थान हथौडा सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।