२० कार्तिक २०८३, शुक्रबार

खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २४ वैशाख । खुकरी प्रहार गरी हत्या गरेर फरार भएका कास्की पोखरा महानगरपालिका–५ घर भई मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने २७ बर्षीय पारस कोईरालालाई प्रहरीले पक्राउ गरेको छ ।

कोइरालाले आइतबार विहान मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर डेरा गरी बस्ने एसविआई बैंकको शाखा कार्यालय लैनचौरमा कार्यरत झापा टाँगनडुव्वा घर भएका ३५ बर्षीय सौरव सुवेदीलाई डेरा कोठामा बसीरहेको अवस्थामा धारिलो हतियार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि वि.एण्ड वि. अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

उक्त घटनापछि फरार रहेका कोइरालालाई प्रहरीले धादिङ बेनिघाट रोरङ गाउँपालिका–९ स्थित पृथ्वीलोकमार्गबाट बा.६० प ४३१६ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।