२० कार्तिक २०८३, शुक्रबार

काठेखोला १ मा माओवादी केन्द्र र एमालेबीच सहकार्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २३ बैशाख । बागलुङको काठेखोला गाउँपालिकाको स्थानीय तह निर्वाचनमा संयुक्त मोर्चा बनाएर चुनावमा होमिएका बामपन्थी दलहरु उमेदवार मिलान कार्यमा व्यस्त छन् ।

उमेदवारी फिर्ताको समय सकिए पनि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले उमेदवारहरुको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।

बामपन्थीहरुबीच धेरै विषयमा एजेण्डाहरु मिल्ने, गाउँको विकासका लागि सबैको धारणा समान भएकाले स्थानीय तहमा तालमेल गरेर अगाडि बढ्न लागिएको एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले जानकारी दिनुभयो ।

काठेखोला गाउँपालिकामा बामपन्थी दलका उमेदवारहरुलाई सहज रुपमा विजयी गराउने र आर्थिक तथा सामाजिक रुपान्तरणको नेतृत्व बामपन्थीहरुबाट मात्रै संभव भएकाले तालमेलको प्रक्रियालाई निरन्तरता दिइएको माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण थापाले बताउनुभयो ।

यसैक्रममा काँठेखोला गाउँपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रका टिका थापाको नेतृत्वमा माओवादी केन्द्र र एमालेका उमेदवारहरु संयुक्त रुपमा निर्वाचनमा जाने भएका छन् ।

वडा नं १ पालामा शनिवार संम्पन्न दुवै दलका प्रतिनिधिहरुको वैठकले सो वडामा टिकाबहादुर थापा अध्यक्ष तथा महिला सदस्यमा हरिकला राना,, दलित महिला सदस्यमा कोपिला वि.क, खुल्ला सदस्यमा कृष्ण थापा र भूमिराज खत्रीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

एमाले केन्द्रीय प्रचार विभागका पूर्व सदस्य हरिनारायण गौतम, जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण थापा लगायतले संयुक्त प्यानलका उमेदवारहरुलाई विजयी गराउन स्थानीयवासीसंग आव्हान गर्नु भएको थियो ।