२० कार्तिक २०८३, शुक्रबार

सिससनपामा एमाले उमेदवारले शुरु गरे चुनाबी प्रचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २३ वैशाख । रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा आसन्न एमालेका उमेदवारहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । उमेदवारहरुले व्यक्तिगत र सामुहिक रुपमा घरदैलो समेत गरिरहेका छन् । मेयरका उमेदवार हरिप्रसाद अधिकारी र उपमेयरका उमेदवार उमा काफ्लेले अहिले नगरका घरघरमा मतादाता समक्ष मत माग्दै हिड्दै गरेको देख्न सकिन्छ ।

मेयर उपमेयरका उमेदवारसंगै वडा अध्यक्ष र सदस्यहरुको दैनिकी पनि आजभोली मतदाता समक्ष भेटघाट रहेको देखिन्छ । कांग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका दलले उमेदवारको टुंगो नलगाएको अवस्थामा एमालले उमेदवारको सर्वसम्मत टुंगो लगाएर चुनाबलाई आफ्नो पक्षमा पार्न हरप्रयास गरिरहेको देखिएको छ ।

एमालेका मेयर र उममेयरका उमेदवारहरु संगै वडा अध्यक्ष र सदस्य पदका उमेदवारले पनि चुनाबी प्रचारलाइ तिब्रता दिएका छन् । वडा अध्यक्षका उमेदवारहरु १ नम्बर वडामा धर्मराज गिरी, २ नम्बर वडामा दिपक थापा, ३ नम्बर वडामा थानेश्वर पौडेल, ४ नम्बर वडामा इस्लाम अली चुडीदार, ५ नम्बर वडामा चेतबहादुर क्षेत्री, ६ नम्बर वडामा नसीबदार मुसलमान, ७ नम्बर वडामा हितराज पन्थि, ८ नम्बर वडामा राजेन्द्र प्रसाद पन्थिले चुनाबी अभियानलाई मतादाता समक्ष पुराएको देखिन्छ ।

यसैगरी वडा नम्बर ९ बाट शेषकान्त भण्डारी, १० बाट शंकर मुराव, ११ बाट दिलीप यादव, १२ बाट घनेन्द्र विक्रम पाण्डे र १३ बाट सतिस मर्रासीनिले पनि वडाअध्यक्षको रुपमा मतादाता समक्ष मत मागिरहेका छन् । यसैगरी प्रत्येक वडामा एमालेले वडा सदस्यहरुको पनि टुंगो लगाई चुनाबी अभियानमा उमेदवारलाई खटाएको छ ।