सुर्खेत, २३ वैशाख । सुर्खेतमा एक युवकले श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जाजरकोट दशेरा–७ बस्ने २४ वर्षीय भगत बादीले आफ्नै श्रीमती २० वर्षीया रामकुमारी बादीलाई शनिबार हसिया प्रहार गर्दा रामकुमारीको मृत्यु भएको छ ।
लेखबेसी नगरपालिका–६ स्थित ससुराली घरमा श्रीमती मारेको छु भन्दै ४ वर्षीय छोरा र ९ महिनाकी छोरी साथमा लिएर प्रहरी चौकी रामघाटमा आएपछि भगतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया