२० कार्तिक २०८३, शुक्रबार

युवा संघको शक्ति प्रर्दशन (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २३ वैशाख । निर्वाचनलाई लक्षित गरी नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल उदयपुरले शनिबार सदरमुकाम गाईघाटमा शक्ति प्रर्दशन गरेको छ ।

आसन्न स्थानीय निकाय निर्वाचनमा पहिलो पार्टी बनाउने बनाउने उद्घोषका साथ संघले त्रियुगा नगरपालिका क्षेत्रका कार्यकर्तालाई गाईघाट बजारमा र्याली प्रर्दशन गर्दै आफ्नो शक्ति देखाएको हो ।

नगरपालिकाका १६ वटा बडाबाट करिव ५ हजारको संख्यामा सदरमुकाम ओरालेको युवा संघले बजार क्षेत्रमा विभिन्न जातजातीका कला संस्कृति, झाँकी, बाजागाँजासहित जुलुस प्रर्दशन गरेको थियो ।

लोकतान्त्रिक चौकबाट निस्किएको जुलुस बजारपरिक्रम पछि सोही ठाउँमा जनसभामा परिणत भएको थियो । सभामा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका थिए । उनीहरुले पार्टीका नीति, सिद्धान्त, चुनावी एजेण्डा, घोषणा पत्रलाई समेटेर तयार पारेका गितहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विभिन्न जातजातीका भेषभुसा, झाँक्रीहरुसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेशनं १ का सदस्य राजकुमार राई, मणिराज उपाध्य, बेदप्रसाद पोखरेल, एमाले जिल्ला अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, सचिब परमेश्वर घिमिरे, सचिवालय सदस्य भागवत राउत, महेश रोका, मोरङ जिल्ला कमिटी सचिवालय सदस्य रुपेश खतिवडालगायतले सम्बोधन गरेका थिए ।