काठमाडौं, २१ बैशाख । नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले नेपाल ट्रड सेन्टरको सहयोगमा सामाजिक उत्तरदायित्तव बोध गर्दै आज जानकी नवमीको अवसरमा जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिरको सेरोफेरोलगायत चोकहरुमा सरसफाई अभियान सम्पन्न गरेको छ ।
‘सरसफाईको मामलामा नो कम्प्रोमाइज’ भन्ने नारा सहित बिहान ६ बजेदेखि १० बजेसम्म जानकी मन्दिरदेखि सहरका विभिन्न स्थानहरुमा सरसफाई गरेको हो । कार्यक्रम मारवाडी यूवा मञ्च, जनकपुर जेसिज तथा महाविर यूवा कमिटिसँगको सहकार्यमा गरिएको हो ।
यसबाहेक शिवम्ले “धार्मिक आस्था र स्वास्थ्य” को लागि धुनुषा धाममा बैशाख १७ देखि सुरु गरेको ‘सिता राम नाम जप महायज्ञ” मा सहभागी श्रद्धालुहरुलाई चिसो पानी पनि वितरण गर्दै आइरहेको छ ।
महायज्ञ १० दिनसम्म चल्ने छ । यसरी “क्वालिटिको मामलामा नो कम्प्रोमाइज” भन्ने नारा सहित अघि बढिरहेको शिवम्ले पछिल्ला दिनहरुमा स्वास्थ्य, शिक्षा, धार्मिक आस्था, अनुशासन लगायत अन्य विभिन्न क्षेत्रहरुमा संलग्न व्यक्तिहरुलाई पनि कुनै पनि ढंगले “कम्प्रोमाइज” नगर्न उत्साहितगर्दै आएको छ ।
यस सरसफाई कार्यक्रम सँगै कम्पनीले स्वास्थ्य तथा सामाजिक हितको मामला पनि कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता दर्शाएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।












प्रतिक्रिया