२० कार्तिक २०८३, शुक्रबार

चितवनको कालिकामा एमालेले प्रचारप्रसारलाई तिव्रता दिँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

चितवन, २० वैशाख । नेकपा एमाले कालिका नगर कमिटीको आयोजनामा नगरका विभिन्न वडा तथा टोलहरुमा यही बैसाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी घरदैलो, कोणसभा तथा मतदाता भेटघाट कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ ।

नेकपा एमाले कालिका नगर कमिटी वडा नं. १ को आयोजनामा लंकालाईन देखि सुन्दरवस्तीसम्म घरदैलो गरिएको थियो । मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरका उम्मेदवार कमला भट्टराई, वडा अध्यक्षका उम्मेदवार राजु राई सहितका सयौं कार्यकर्ताहरु घरदैलोमा सहभागी भएका थिए । त्यस्तै वडा नं. २ मा वडा अध्यक्षका उम्मेदवार सोम बहादुर गुरुङ्ग, वडा नं. ३ अध्यक्षका उम्मेदवार टिकाराज रिजाल, वडा नं. ४ का अध्यक्षका उम्मेदवार आशाराम चौधरी र वडा नं. ५ का वडा अध्यक्षका उम्मेदवार रुदल महतो सहितको घरदैलो एवम् मतदाता भेटघाट कार्यक्रम पदमपुरका विभिन्न स्थानमा सम्पन्न भएको थियो ।

वडा नं. ६ मा मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरका उम्मेदवार कमला भट्टराई, वडा अध्यक्षका उम्मेदवार बिनोद रेग्मी, सदस्यहरु दुर्गा सुवेदी, सम्झना परियार, बालकृष्ण अधिकारी, दशरथ सापकोटा सहितका एमाले कार्यकर्ताहरु खोलेसिमल बजार, गा.वि.स. चोक, सुन्दरवस्ती, जमुनापुर क्षेत्रमा घरदैलोमा सहभागी भएका थिए । घरदैलो पश्चात जमुनापुर ठमेल चोकमा कोणसभा समेत गरिएको थियो ।

वडा नं. ७ को स्याउली बजार र सगुनटोलमा पनि वडा अध्यक्षका उम्मेदवार डिल्लीराम दवाडी सहितको ¥याली तथा घरदैलो कार्यक्रम गरिएको थियो । त्यस्तै वडा नं. ८ का अध्यक्षका उम्मेदवार इम प्रसाद अधिकारी, वडा नं. ९ का अध्यक्षका उम्मेदवार लेख बहादुर थापा सहितको टोलीले शक्तिखोरका विभिन्न स्थानमा घरदैलो तथा कोणसभा गरेका थिए । त्यस्तैगरी वडा नं. १० का वडा अध्यक्षका उम्मेदवार मंगल सिं प्रजा र वडा नं. ११ का अध्यक्षका उम्मेदवार कृष्ण बहादुर प्रजा र सदस्यका उम्मेदवारहरु सहितको घरदैलो कार्यक्रम सिद्धिका विभिन्न स्थानमा गरिएको थियो ।