२० कार्तिक २०८३, शुक्रबार

सडक खुलेको ३६ वर्षपछि कालोपत्रे हुँदै

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २० वैशाख । वर्षौदेखिको जोखिम पूर्ण यात्रा हट्ने भएको छ । गुल्मीको रीडि–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत ५ किलोमिटर सडकको कालोपत्रे सुरु भएको छ । पहिलो चरणमा नादेयाखोलादेखि उल्लीखोला सम्मको करिब ५ किलोमिटर सडकको कालोपत्रे सुरु भएको हो । पश्चिम भेगकै ब्यस्त सडक पक्की हुने क्षेत्रका स्थानीयहरुले लामो समयदेखी कष्टपूर्ण यात्रा बदलिने भएको छ ।

वर्षौ देखि निकै कष्टपूर्ण यात्रा गरिरहेका यस क्षेत्रका स्थानियहरु सडक पक्की बन्ने भएपछी खुसी भएका छन् । सडक खुलेको करिव ३६ वर्ष पछी बाटो पक्की हुँदै छ रे भन्ने खबर सुनेपछी कुर्घा की सुमित्रा रायमाझी आफु निकै हर्षित रहेको बताईन । उनले भनिन ‘धेरै पटक हिडेर कहिले गाडी भढेर निकै जोखिम यात्रापछी बुटवल पुग्यौं अहिले बाटो ठुलो र पक्की बन्दै आएछ निकै खुसी लाग्यो’ । हामीले त जसो तसो हिडियो अबका पिडिलाई निकै सुखद यात्रा बन्ने भयो सुमित्राले भनिन ‘अब बाटो पक्की बने के शहर के गाउँ सबै सुगम बन्ने भयो ।’ बाटो पक्की हुने भएपछी त्यस क्षेत्रका सबै स्थानियले खुसी व्यक्त गरेका छन् ।

गुल्मी जिल्लामा रहेका सडकहरु मध्ये अति व्यस्त सड्क र ओझेलमा परेको सड्क सबै मिलेर पक्की गर्नु बाध्यता रहेको स्थानिय तथा नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले बताए । उनले भने ‘२०३८ सालमा ट्याक खोलेर धेरै समय सम्म निकै जोखिम पूर्ण यात्रा गर्न बाध्य थिए यस क्षेत्रका स्थानिय बाटो पक्की हुदै आएपछी जनतामा खुसि छाएको बताए ।’ अबको एक डेढ वर्ष भित्र वामिदेखि बुटवल सम्मको यात्रा सुखमय बन्ने सापकोटाले बताए । पर्याप्त रकम नपर्दा बाटोको स्तरउन्नती सगै पक्की गर्न नसकिएको सापकोटाले बताए । जिल्लाकै व्यास्त सड्क सगै जोखिमपूर्ण थियो त्यसैले पनि सड्कको स्तर उन्नती गरेर पक्की गर्नु पर्ने जनताको ठुलो गुनासो आएको थियो । गुल्मी सगै बाग्लुङ्गका धेरै गाविसहरुमा जोडिएको उक्त सड्क मार्ग हुदै बुटवल पुग्न स्थानियलाई कष्टपूर्ण यात्रा गर्दै आएका थिए ।

सडकको कालोपत्रेको काम रसुवा ए.बि.ए. जे.बि. काठमाण्डौले गरिरहेको छ । नादेयाखोला भन्दा अगाडी रीडि सम्मको कालोपत्रे गर्ने जिम्मेवारी कालीगण्डगी कोरिडोरको भएको उक्त कम्पनीका प्रतिनिधि सुरेन्द्रराज लम्सालले जानकारी दिए । उनले यही आर्थिक बर्षभित्रमा काम सम्पन्न गर्ने गरी काम अगाडी बढाएको बताए । ‘यो आर्थिक बर्षमा पहिलो प्याकेजको सम्पुर्ण काम सक्ने लक्ष्य लिएका छौ’ । उनले भने ‘बढीभन्दा बढी मेसीनहरुको प्रयोग गरिएकोले समयमै काम सम्पन्न हुने आशा राखेका छौ’ । उनले पहिलो चरणको काम समेपछि दोस्रो चरणमा उल्लीखोलाबाट बाँकी खण्डमा काम सुरु गरीने जानकारी दिए । साथै उक्त क्षेत्रमा अहिले गाभ्रेल गर्ने काम भने जारी रहेको बताए ।

सडकको स्तरोन्नती सँगै कालोपत्रे गर्नको लागि ४८ करोड ७३ लाख बजेट बिनियोजन भएको थियो । पहिलो र दोस्रो चरणमा गरिने कालोपत्रेले रिडिदेखी वामीसम्मको बाटोमा केही भएपनि सहजता ल्याउने कुर्घाका समाजसेवी तथा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि ज्ञानहरी सापकोटाले बताए । ‘थोरै मात्रामा कालोपत्रे भएपनि यात्रामा सहजता थपिने छ ।’ उनले भने ‘यो आर्थिक बर्षपछि स्थानीयहरुको यात्रा सजिलो बन्ने छ ।’ बाटो निर्माणका सुरु देखि त्यस क्षेत्रका राजनितिक दल, समाजसेवीहरुको महत्वपूर्ण भुमिका निभाएका छन् । ३६ किलोमिटर रहेको उक्त सडकको स्तरोन्नतीको बर्षाै पहिलेबाट सुरु भए पनि धेरै समयपछि काम सुरु भएको छ । हाल सडक फराकिलो बनाउने तथा अन्य ब्यबस्थापकीय काम पनि धमाधम भइरहेको रहेको छ । रिडि देखी वामी सम्मको पुरै सडक कालोपत्रे भए यस क्षेत्रका स्थानीय सिधा बुटवल सम्म पक्की मार्गबाट पुग्न सक्ने छन् ।