२० कार्तिक २०८३, शुक्रबार

बैद्य माओबादी चुनावमा, काठमाडौंमा पनि उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ बैशाख । मोहन बैद्य नेतृत्वको नेकपा माओबादीले पनि स्थानीय चुनावमा भाग लिएको छ ।

पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा चुनावमा भाग लिने भएको हो । दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको पार्टीले स्थानीय निर्वाचनमा भागमा भने भाग लिएको छ ।

पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा गोर्की श्रेष्ठ र उपमेयरमा सावित्री खरेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, देशका अन्य भागमा पनि पार्टी तथा मोर्चा मार्फत उम्मेदवार उठाइएको बरिष्ठ नेता सिपी गजुरेलले बताए ।

उनले आफ्नो पार्टी र मोर्चाको समर्थन भएको स्थानमा आफ्नै उम्मेदवार उठाउने र अन्य स्थानमा देशभक्त तथा जनपक्षीय उम्मेदवारलाई मत दिने निर्णय गरिएको बताए ।

बैद्य माओबादीले राप्रपा सहित शीर्ष पार्टीसंग भने चुनावी तालमेल नगर्ने जनाएको छ ।