२० कार्तिक २०८३, शुक्रबार

काभ्रेमा एमालेले सबै स्थानीय तहमा प्रमुख-उपप्रमुख तोक्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १९ वैशाख । एमालेले काभ्रे जिल्लामा सबै नगरपालिका र गाउँपालिकाका लागि प्रमुख र उपप्रमुख तोकेको छ ।

एमालेका अनुसार बनेपाको प्रमुखमा लक्ष्मीनरसिंह बादे र उपप्रमुखमा रेखा दाहाल, धुलिखेलमा प्रमुखमा अशोक ब्याञ्जु र उपप्रमुखमा जमुना लामालाई टिकट दिइएको छ ।

पनौतीमा भीम न्यौपाने प्रमुख, गीता बञ्जारा उपप्रमुख, पाँचखालमा रुद्र बानियाँ प्रमुख र भक्तकुमारी लामा उपप्रमुख, नमोबुद्धमा टी.पी. तिमल्सिना प्रमुख र रामदेवी लामाले उपप्रमुखमा टिकट पाएका छन् ।

मण्डनदेउपुरमा टोकबहादुर वाइबा प्रमुख र निर्मला शाही उपप्रमुख, चौरी देउरालीमा लेखराज गौतम प्रमुख र यशु लामा उपप्रमुख, भुम्लुमा गुमानध्वज कुँवर प्रमुख र कल्पना श्रेष्ठ उपप्रमुख, तेमालमा प्रदीप लामा प्रमुख र उषा घिसिङ उपप्रमुख, रोशीमा बज्रध्वज वाइबा प्रमुख र बबिता बोहोरालाई उपप्रमुखको टिकट दिइएको एमालेले जनाएको छ ।

महाभारतमा राजकुमार कुँवरले प्रमुख र रविनमाया अस्तानीले उपप्रमुख तथा बेथानचोकमा प्रेम लामा प्रमुख र उन्नती के.सी. उपप्रमुख तथा खानीखोलामा कृष्णबहादुर खुलाल प्रमुख र उपप्रमुखमा रुक्मणि गुरुङले टिकट पाएका छन् ।