– शिशिर सिंखडा
चितवन, १८ बैशाख । नेकपा एमालेले यही बैशाख ३१ गते हुने चुनावलाई लक्षित गरी कालिका नगरपालिका भित्र घरदैलो, मोटरसाईकल र्याली, मतदाता भेटघाट तथा कोणसभालाई निरन्तरता दिएको छ । नेकपा एमाले नगर कमिटी तथा वडा कमिटीको आयोजनामा विभिन्न वडामा कार्यक्रमहरु भईरहेको नेकपा एमाले कालिका नगर कमिटी निर्वाचन परिचालन कमिटीका संयोजक जयचन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
नेकपा एमाले कालिका वडा नं. १ को आयोजनामा लंकालाईन देखि सूर्यपुर, सुन्दरवस्ती, खुकुरीचोक, गडुवा क्षेत्रमा मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरका उम्मेदवार कमला भट्टराई, वडा अध्यक्षका उम्मेदवार राजु राई, सदस्यहरु कल्पना विक, सुकमाया तमाङ, खेमलाल चापागाई, जगत बहादुर तमाङ सहितले घरदैलो गरी मतदातासंग मत मागेका थिए । सो कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी गणेश अर्याल र रिना अर्याल, माओवादी केन्द्र परित्याग गरी होमनाथ चापागाई नेकपा एमालेमा प्रवेश गरेका थिए ।
त्यसैगरी वडा नं. ६ को आयोजनामा खोलेसिमल देखि गा.वि.स. चोक, सूर्यपुर, जमुनापुरमा घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रम भएको थियो । सो कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार बिनोद रेग्मी, सदस्यहरु बालकृष्ण अधिकारी, दशरथ सापकोटा, दुर्गा सुवेदी, सम्झना परियार सहित सयौं एमाले कार्यकर्ताहरु सहभागी भएका थिए । घरदैलो पछि आयोजित कोणसभामा मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरका उम्मेदवार कमला भट्टराई, वडा अध्यक्षका उम्मेदवारहरु राजु राई, बिनोद रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी नेकपा एमाले कालिका वडा नं. २, ३, ४ र ५ साविक पदमपुरको आयोजनामा सो क्षेत्रमा उम्मेदवार सहित सहभागी भई मोटरसाईकल ¥यालीको आयोजना गरिएको थियो । त्यस्तै गरी कालिका वडा नं. ७ को आयोजनामा वडा अध्यक्षका उम्मेदवार डिल्लीराम दवाडी, सदस्यहरु खिला सिंखडा, कल्पना परियार, उमाकान्त सापकोटा, दिपक सिं परियार सहित एमाले कार्यकर्ताहरुले वडाको विभिन्न क्षेत्रमा घरदैलो गरी मतदातासंग भेटघाट गरेका थिए ।
त्यस्तै कालिका नगरपालिका वडा नं. १० का वडा अध्यक्षका उम्मेदवार मंगल सिं प्रजा सहितका कार्यकर्ताहरुले आफ्नो वडाभित्र मतदातासंग भेटघाट तथा घरदैलो गरेका थिए भने वडा नं. ११ का वडा अध्यक्षका उम्मेदवार कृष्ण बहादुर प्रजा (दामाराम) सहितका सदस्यका उम्मेदवारहरुले सिद्धि क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट गरी नेकपा एमालेका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अनुरोध गरेका थिए ।
त्यसैगरी नेकपा एमाले रत्ननगर १२ वडा कमिटीको आयोजनामा आज मोटरसाईकल ¥याली गरिएको छ । वडा अध्यक्षका उम्मदेवार पार्वती न्यौपाने, सदस्यहरु निर्मला खड्का, विमला वि.क., ठूलोकान्छा तमाङ (पाजु) र भुवन लामिछाने सहित एमालेका सयौं कार्यकर्ताहरु मोटरसाईकल ¥यालीमा सहभागी भएका थिए । साथै एक कार्यक्रमका बिच रत्ननगर वडा नं. १२ वडा कमिटीको आदर्श टोलमा सम्पर्क कार्यालय समेत स्थापना गरिएको थियो ।
















प्रतिक्रिया