काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसकी युवा नेतृ समिता खड्गी श्रेष्ठले काठमाडौं महानगरपालिकाको उपमेयर पदका लागि दाबी प्रस्तुत गरेकी छिन् ।
काठमाडौं निवासी श्रेष्ठले आफूले कांग्रेसका विभिन्न भातृ र शुभेच्छुक संस्थाहरूमा रहेर काम गरेको भन्दै काठमाडौं महानगरपालिकाको उपमेयर पदमा टिकट पाउनुपर्ने दाबी गरेकी हुन् । कांग्रेसले महानगरको मेयर र उपमेयरको टिकट केन्द्रले दिनेछ ।
‘नेविसंघको विभिन्न पदमा रहेर काम गरिसकेकी छु’, उनले भनेकी छन्, ‘गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालासहितका शीर्ष नेताहरूले नेतृत्व गर्नुभएका विभिन्न आन्दोलनहरूमा सहभागिता जनाइ सकेकी छु ।’
उनले लोकतान्त्रिक आन्दोलनहरूमा संघर्ष गरेका कारण पटक पटक जेल बस्नु परेको समेत उल्लेख गरेकी छन् ।












प्रतिक्रिया