काठमाडौं, १७ वैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत सोमबार साँझदेखि ललितपुरको ग्वार्काेस्थित बी एण्ड बी अस्पतालमा उपचाररत सिलवाल आइतबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
छानविन लागि गत सोमबार आफ्नै संगठनभित्रबाटै पक्राउ परेका सिलवाल उच्च रक्तचाप भई विरामी परेका थिए । उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएका सिलवाल बालकुमारीस्थित निवासमा गएर आराम गरिरहेका छन् ।












प्रतिक्रिया