२० कार्तिक २०८३, शुक्रबार

कालीमाटीमा चुरेभावरले दियो लामालाई टिकट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा पनि वडा अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ ।

कालीमाटीस्थित धौखेलमा शनिबार आयोजित उम्मेदवार घोषणा कार्यक्रममा स्थानीय सञ्जय लामाले वडा नम्बर १३ मा वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चुरेभावर पार्टीका युवा नेता लामाले आफ्नो उम्मेदवारीले निर्वाचन माहोल बढाउने बताए ।

चुरेभावर पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदमा क्रमशः विदुरप्रसाद घिमिरे र सम्झना श्रेष्ठलाई उम्मेदवार घोषणा गरिसकेको छ । अन्य वडाहरूमा क्रमशः उम्मेदवारी घोषणा गर्दै आएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा चुरेभावर पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री बद्रीप्रसाद न्यौपानेले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले नगर, वडा र गाउँगाउँमा सम्भव भएसम्म उम्मेदवारी घोषणा गरिरहेका छौँ । हाम्रा उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्छु ।’

काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार विदुरप्रसाद घिमिरेले निर्वाचनमा ठूला दलहरूले दिने आश्वासनबाट गरिवीको रेखामुनी रहेका जनतालाई अहिलेसम्म नछोएको भन्दै गरिवीबाट उन्मुक्ति साना दलहरूले दिने बताए । उनले भने, ‘ठूला दलहरूलाई गरिव जनताको दुःखपीडा सुन्ने फुर्सद छैन । चुरेभावर पार्टीलाई एक पटक मतदान गरेर हेर्न आग्रह गर्छु ।’

कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद पोखरेल, चुरेभावर युवा संघका अध्यक्ष प्रवीण खड्का, वीणा शाही, काठमाडौं जिल्ला सचिव कुमार पौडेल, जयराम शाहीलगायतका स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।