भरतपुर, १६ वैशाख । नेकपा एमालेले भरतपुर महानगर वडा नम्वर ३ मा अघि सारेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
एमाले चितवनका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख समेत रहेका वडा अध्यक्षका उम्मेदवार खोमकान्त रेग्मी सदस्यका उम्मेदवार र स्थानिय नेता तथा कार्यकर्ता सहित घरदैलोमा जुटेका हुन् । सो क्रममा शनिवार वडाको वाह्रघरे क्षेत्रमा घरदैलो गरिएको छ । एमालेका तर्फवाट सो वडामा रेग्मीको नेतृत्वमा दुर्गा श्रेष्ठ, मनमाया रुचाल, विकास थापा र विष्णु थापा सदस्यका उम्मेदवार छन् ।
रदैलोमा स्थानीय मतदातासंगको अन्तरक्रियामा एमाले जिल्ला सचिवालय सदस्य एवम् वडा ईन्चार्ज चक्र रुचालले राष्ट्रियता, स्वाभिमान, विकास र समृद्धीका लागी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गर्नुभयो । वडा नम्वर ३ को विकास र सुशाषनमा आफुले कुनै कसर वाँकी नराख्ने अध्यक्षका उम्मेदवार रेग्मीको धारणा छ ।













प्रतिक्रिया