२० कार्तिक २०८३, शुक्रबार

मन्थली नगरपालिकाको मेयरमा कँडेल र उपमेयरमा रिता माझी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापले स्थानीय तहको निर्वाचनको लागि उमेदवारको नमावलि छनौट गरेको छ । मन्थली नगरपालिकाको मेयरमा रामचन्द्र कँडेल, उपमेयरमा रिता माझी छनौट भएका छन । त्यसैगरी रामेछाप नगरपालिकाको मेयरमा सरस्वती श्रेष्ठ र उपमेयरमा सिताराम ढकाल छनौट भएका छन ।

त्यस्तै खाँडादेवि गाउँपालिकाको मेयरमा ठाकुर लामा, गोकुलगंगा गाउँपालिकामा केदार बहादुर कार्की, दोरम्बा गाउँपालिकामा लाल बहादुर घिसिङ, लिखु गाउँपालिकामा गोरे बहादुर तामाङ्ग छनौट भएको जिल्ला अध्यक्ष भरत वाईवाले बताउनु भएको छ ।

मन्थली नगरपालिकाको मेयरका उमेदवार कँडेल पार्टीको नगर अध्यक्ष हुन भने उपमेयर माझी महिला संगठककी केन्द्रीय सदस्य हुन । माझी नेपाल माझी महिला उत्थान संघ केन्द्रीय अध्यक्ष समेत रहेकी छिन ।

मन्थली नगरपालिकालाई स्मार्ट सिटी बनाउन देहायको प्रतिवद्धता जाहेर गरेका छनः

ड्ड युवा स्वरोजगार विशेष कार्यक्रम संचालन गरिनेछ ।
ड्ड आगामी १० बर्षमा नगरपालिकालाई आधुनिक र सुविधायुक्त शहर “स्मार्ट सिटी” को विकास गरिनेछ । गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित रुपमा विकास गरिनेछ ।
ड्ड एक परिवार एक रोजगारको लागि । गरिवि निवारण र रोजगारीको प्रवद्र्धन गरिनेछ ।
ड्ड एक घर दुई बिरुवा, मन्थली बजार, हराभरा बनाइनेछ ।
ड्ड विपन्न र पिछडिएकोलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराईनेछ ।
ड्ड मन्थली नगरपालिकामा कृषि, उद्योग तथा बाणिज्य क्षेत्र क्षेत्रमा कम्तिमा २५ जनालाई रोजगारी दिने व्यवसायीलाई १० बर्षको लागि सवै स्थानीय कर मिनाहा गरिनेछ । उपरोक्त उद्योगलाई विजुली, पानी र बाटोमा सहुलियत दिईनेछ । साथै एक गाउँ एक उत्पादनको व्यवस्था गराईनेछ ।
ड्ड नगरभित्रका प्रत्येक वडा कार्यालयलाई व्यवस्थित गर्न वडा भवन निर्माण गरिनेछ ।
ड्ड विविध साँस्कृतिक, धार्मिक पहिचानहरुको संरक्षणको लागि विशेष कोषको व्यवस्था गरिनेछ । प्राचिन, ऐतिहासिक एवं पुरातात्विक महत्वका संरचना र सम्पदाको संरक्षण गरिनेछ ।
ड्ड सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको प्रवन्ध गरिनेछ ।
ड्ड महिला, आदिवासी जनजाति, उत्पीडित समुदायको उत्थान कार्यक्रम गरिनेछ ।
ड्ड तामाकोशीको पानीबाट विद्युत, खानेपानी र सिंचाईको सुविधा बनाईनेछ ।
ड्ड नगरपालिकामा एक सुविधायुक्त रंगशाला बनाईनेछ ।
ड्ड सवै धर्महरुलाई बराबरिको समानता र स्वतन्त्रता कायम गरिनेछ तर, जर्बजस्ती र संगठित रुपमा धर्म परिवर्तन गराउन पाईने छैन ।
ड्ड हिन्दु, बौद्ध र किँरात जस्ता सनातन धर्मको संरक्षण र सम्र्बद्धन गरिनेछ । हिन्दुराष्ट्र स्थापना गर्न पहल गरिनेछ । साथै, मठ, मन्दिर, गुम्बा, मस्जिद र चर्च जस्ता धार्मिक स्थलको निर्माण र संरक्षणमा सहयोग गरिनेछ ।
ड्ड राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ति राष्ट्रिय एकता दिवसको रुपमा मनाउन पौष २७ गते सार्वजनिक विदा दिईनेछ । राष्ट्र निर्माताको तस्विर सवै कार्यालय र विद्यालयहरुमा राखिनेछ ।
ड्ड गौहत्या दण्डनिय हुनेछ । गौरक्षाको लागि कम्तिमा एक गौशाला निर्माण गरिनेछ ।
ड्ड सवै प्रकारका जातिय भेदभाव र छुवाछुत प्रथालाई दण्डनिय तुल्याईनेछ । जातिय आधारमा मन्दिर प्रवेशमा निशेष गर्ने कुप्रथालाई अन्त गरिनेछ ।
ड्ड एक परिवार एक रोजगारी ग्यारेण्टी गरिनेछ ।
ड्ड स्वरोजगार कोष खडा गरि रोजगार प्रवद्र्धन गरिनेछ । सो कोषबाट बेरोजगारहरुलाई तालिम, सहुलियत ऋण र अन्य सहयोग उपलब्ध गराईनेछ ।
ड्ड कृषिको व्यवसायिकरण, यान्त्रिकिकरण र आधुनिकिकरण गरिनेछ । एक गाउँ÷नगर एक उत्पादन नीति कार्यान्वयन गरिनेछ ।
ड्ड कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिनेछ । माध्यामिक तहसम्मको पढाईलाई निशुल्क गरिनेछ । शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त पारिनेछ । शिक्षकहरुले राजनीतिक दलको सदस्य हुन पाइने छैन ।
ड्ड सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विशेष कार्ययोजना संचालन गरिनेछ ।
ड्ड गाउँ÷नगरपालिकाको कोषबाट प्रत्येक बर्ष एक जनालाई डाक्टर र एक जनालाई इन्जिनियर पढ्न पठाईने छ ।
ड्ड त्यसरी पढेर आउने व्यक्तिले कम्तिमा ५ बर्ष सम्बन्धित गाउँ÷नगरपालिकामा अनिवार्य रुपले काम गर्नु पर्नेछ ।
ड्ड कम्तिमा २५ बेडको एक अस्पताल निर्माण गरिनेछ ।
ड्ड क्यान्सर र मिर्गौला फेल भएका बिरामीलाई एक लाख औषधोपचार खर्च दिईनेछ ।
ड्ड ५ बर्षभित्र गाउँ÷नगरपालिकाका प्रत्येक नागरिकको स्वास्थ्य बिमा गरिनेछ ।
ड्ड महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कम्तिमा मासिक रु.२००० निर्वाह भत्ता दिने व्यवस्था गरिनेछ ।
ड्ड विपन्न परिवारमा छोराछोरी जन्मनासाथ एकमुष्ट रु.५००० सुपोषण अनुदान प्रदान गरिनेछ ।
ड्ड न्यून आय भएका लक्षित वर्गलाई आवास सुविधा उपलब्ध गराउन विशेष आवास परियोजना कार्यान्वयन गरिनेछ ।
ड्ड निर्वाचन सम्पन्न भएको १ महिनाभित्र प्रत्येक परिवारको आर्थिक अवस्था सर्वेक्षण गरिनेछ । त्यसरी गरिने सर्वेक्षणको आधारमा सवैभन्दा कमजोरबाट शुरु गरि क्रमशः सवैको आर्थिक स्तर सुधार गर्ने कार्यक्रम संचालन गरिनेछ ।
ड्ड ५ (पाँच) बर्षभित्र सवैलाई आवास, भोजन, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुविधा पु¥याईनेछ । १० (दश) बर्षभित्र सवैलाई गरिविको रेखाभन्दा माथि पु¥याईनेछ ।
ड्ड प्रत्येक घरमा विजुली र खानेपानी पु¥याईनेछ ।
ड्ड प्रत्येक टोलमा ५ बर्षभित्रमा मोटरबाटो पु¥याईनेछ ।
ड्ड सामुदायिक विद्युत विकास अवधारणा कार्यान्वयन गरिनेछ । विद्युत विकास र वितरणमा क्रियाशिल समुदायलाई २० बर्षसम्म कर छुट दिन पहल गरिनेछ ।
ड्ड सोलार वत्ति अभियान संचालन गरि शहर, गाउँ, बजार उज्यालो पारिनेछ ।
ड्ड कुषि, पूर्वाधार विकास, उद्योग, बाणिज्य, संचार, पर्यटन एवं उर्जा प्रवद्र्धन जस्ता क्षेत्रहरुमा नीजि क्षेत्रको अग्रणी भूमिका सुनिश्चित गरिनेछ ।
ड्ड भ्रष्टाचार मुक्त प्रशासन कायम गरिनेछ ।
ड्ड बजेटको १० प्रतिशत महिलाको शिक्षा, स्वास्थ्य तथा रोजगारीमुलक कार्यक्रममा विनियोजित गरिनेछ ।
ड्ड राप्रपाले चुनाव जितेका गाउँ÷नगरपालिकाहरुमा बन्द हुने छैन । बन्द गर्न नपाईने कानुनी व्यवस्था गरिनेछ ।