२० कार्तिक २०८३, शुक्रबार

एमालेद्वारा २ सय ५० जना आमालाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– लक्ष्मी दर्लान

सुनसरी, १५ वैशाख । धरानका २ सय ५० जना आमाहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । पुर्व प्रधानमन्त्री, एमालेका पुर्व अध्यक्ष स्वर्गिय मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा एमाले धरान–१५ निर्वाचन परिचालन समितिको आयोजनामा उनीहरुलाई सम्मान गरेको हो ।

स्मृति दिवसको अवसरमा मनमोहन अधिकारीको शालिकमा माल्यार्पण गर्दै ७० वर्ष माथिका २ सय ५० जना आमाहरुलाई सामूहिक रुपमा सम्मान गरेको थियो । कार्यक्रममा शिव गंगा बस्तीकी १०८ वर्षीया सन्तमाया तामाङ सहित अन्य वृद्धा आमाहरुलाई कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्ण कुमार राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा जिल्ला सदस्यहरु प्रदीप भण्डारी, मुरारी सुवेदी, जयकुमार राई, प्रकाश राई, नेकपा एमाले धरान उप–महानगरका अध्यक्ष तारा सुब्बा लगायतका उपस्थिति रहेको थियो ।

नेकपा एमालेमा मनमोहन अधिकारीले पार्टी भित्र रहेको गरेका कामहरुका बारेमा चर्चा गरेका थिए । यसैबिच एमाले निकट अनेमन संघ धरान नगर कमिटीले पनि धरान–७ मा ज्येष्ठ आमाहरुलाई सम्मानित गरेको अनेम संघकी कमला श्रेष्ठले बताईन । आमाहरुलाई हौसला प्रदान गर्दै सम्मान कार्यक्रम आयोजना गरेको उनले बताईन् ।