२० कार्तिक २०८३, शुक्रबार

पैदल यात्रु सुरक्षा अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ बैशाख । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पैदल यात्रु सरक्षा अभियान सुरु गरेको छ ।

प्रहरी नायव महानिरीक्षक (डिआइजी) बमबहादुर भण्डारीले अभियानको औपचारिक उद्घाटन गरे । अभियान उद्घाटन गर्दै उनले हाल लागू गरिएको ‘ध्वनि निषेध’ अभियानको साथै जथाभाबी सडक पार गर्ने, फुटपाथ तथा आकाशे पुल प्रयोग नगर्ने पैदल यात्रुहरूलाई कारवाहीको दायरामा ल्याउने कार्य कार्यान्वयन गर्न अभियान सुरु गरिएको बताए ।

उनले त्यो भन्दाअघि जनचेतना अभिबृद्धि गराउनुपर्ने आवश्यकता महसुस गरी अभियान चलाइएको बताए । अबदेखि जथाभावी रुपमा सडकमा बाटो काट्नेलाई २०० रुपैयाँ जरिवाना गरिने भएको छ ।