२० कार्तिक २०८३, शुक्रबार

विद्यालयमै माछापालन शुरु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, १४ वैशाख । डोटीको जोरायल गाउँपालीका वडा नं. ४ मा रहेको घण्टेश्वर माध्यमिक विद्यालयमा माछापालन व्यवशाय शुरु गरिएको छ ।

उक्त विद्यालयमा पठनपाठन भईरहेको कृषि प्राविधिक कक्षामा प्रयोगात्मक कक्षा सञ्चालनका लागि विद्यालयमै माछापालन शुरु गरिएको हो ।

सो विद्यालयमा वि.सं. २०७० सालबाट कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक कक्षा सञ्चालन हुँदै आएको र प्रयोगात्मक कक्षा सञ्चालन एवं विद्यालयको आन्तरिक आम्दानी समेत हुने गरि माछापालन शुरु गरिएको विद्यालयका प्रधानाध्यापक सुनलाल थापाले बताए ।

साविकको लक्ष्मीनगर गाउँ विकास समितिको सहयोगमा ५० हजार लागतको पोखरी निर्माण गरीएको र विहीबार मात्रै जिल्ला कृषि विकास कार्यालय डोटीले जोरायल कृषि सेवा केन्द्रमार्फत ३ हजार ८ सय माछाका भुराहरु विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर कपड्यालको अध्यक्षता एवं जोरायल गाउँपालीकाका कार्यकारी अधिकृत राईमण्ड थापामगरको प्रमूख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी माछाका भुरा हस्तान्तरण गरिएको विद्यालय श्रोतले जनाएको छ ।

कार्यक्रममा जोरायल कृषि सेवा केन्द्रका प्राविधिक कमलापती भट्टको पनि सहभागिता रहेको थियो ।

श्रोत केन्द्र समेत रहेको घण्टेश्वर माविको वि.सं. २०१२ सालमा स्थापना भएको थियो भने २०२६ सालमा माध्यमिक तह हुँदै २०५३ सालमा उच्च माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन हुँदै आएको छ ।