२० कार्तिक २०८३, शुक्रबार

कुरा भइरहेको छ, दलहरूबीच सहमति हुन्छ : नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख दलहरू मतभिन्नता हुँदाहुँदै पनि सहमति गरेर स्थानीय तहको निर्वाचन तोकिएको समयभित्रै गर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा कांग्रेस नेता सिंहले भने, ‘हरहालतमा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुन्छ ।’

उनले राजनीतिक दलहरूबीचमा अनेकौं मतभिन्नता रहेपनि संविधान कार्यान्वयनका लागि मिलेर जानुको बिकल्प नरहेको बताए ।

‘राष्ट्रिय मुद्दाहरूमा अन्तिम समयमा आएर सहमति हुन्छ’, नेता सिंहले भने । उनले राजनीतिक निकास दिन दलहरू सक्रिय रहेको र एकआपसमा कुराकानी गरिरहेको पनि उल्लेख गरे ।