काठमाडौं, १४ वैशाख । संविधान संशोधन विधेयक विफल बनाउने रणनीति अन्तर्गत प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्नो नेतृत्वमा रहेको नौँ दलीय गठबन्धनलाई ब्यूताएको छ ।
सिंहदरबारमा अहिले बसिरहेको एमाले नेतृत्वको नौँ दलीय गठबन्धनको बैठक संविधान संशोधनलाई असफल बनाउने विषयमा केन्द्रीत छ ।
स्रोतका अनुसार एमालेले आफ्नो पक्षमा रहेका नौँ दलहरूलाई एकै स्थानमा राख्न पहल गर्नेछ । एमाले नेतृत्वको नौ दलीय गठबन्धनमा रहेका केही साना दलहरू विभिन्न राजनीतिक दलहरूसँग एकीकरण भइसकेका छन् ।













प्रतिक्रिया