
बारा, १३ वैशाख । ‘जसका कोही छैनन् त्यसको एमाले छ, देशको विकास एमालेले गर्छ, अरु पार्टी कुरा गर्छन् हामी काम गर्छौ’ यो भनाई बारा क्षेत्र नम्बर ६ का सांसद एवं पुर्वमन्त्री पुरुषोत्तम पौडेलको हो ।
जितपुर–सिमरा उपमहानगरपलिका वडा नम्बर १ ले पथलैयामा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै पौडेलले एमालेले स्थानीय तहमा जितेपछी जेष्ठ नागरिक आयोग बनाउने र समस्या समाधान गर्ने दाबी गर्नुभयो । उहाँले एमालेले जितेमा बृद्ध, महिला, दलित, जनजाति र अल्पसंख्यकको उत्थानको लागि जोड दिने बताउनुभयो ।

नेकपा एमाले वडा कमिटी अध्यक्ष पेसल मुल्मिको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष देवनारायण चौधरी, प्रचार बिभाग प्रमुख मनोज पौडेल, जिल्ला सचिवालय सदस्य आनन्द थामी, बिष्णु भन्डारी, रामदास धौजु, हिरा बस्नेत, ईश्वर थपलिया, रजेन्द्र कार्की, प्रकाश लम्साल, मन्जु बानिया लगायतले बोल्नु भएको थियो ।












प्रतिक्रिया