२० कार्तिक २०८३, शुक्रबार

देउवा जेठमा प्रधानमन्त्री बन्नुहुन्छः रक्षामन्त्री खाँण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनपछि जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘अघिल्लो वर्षको बजेट निर्माण गर्नेगरि हाम्रो पार्टीका सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धन तीन वटै तहको निर्वाचन अर्थात केन्द्रिय संसदको निर्वाचनसम्म कायम रहने विश्वास दिलाए ।

उनले थपे, ‘म त चाहन्छु यो गठबन्धन लामो समयसम्म जाओस्, किनकी नेपालमा द्धन्द्ध व्यवस्थापन गर्न काँग्रेस र माओवादीले भूमिका निर्वाह गरेको हो ।’