
तुलसीपुर, १२ बैशाख । स्थानीय चुनावको विरोधमा उत्रेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङका विभिन्न स्थानीय तह अन्तर्गतका कार्यालयहरुमा कालो पोतेको छ । पार्टीेले हिजो राति विभिन्न दश स्थानीय तहका बोर्डहरुमा कालोपोतेर जनपरिषद्को बोर्ड टाँगेको छ ।
तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, दंगीशरण गउँपालिका, बबई गाउँपालिका, राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र गडवा गाउँपालिका कार्यालयका सरकारी बोर्डहरुमा कालो पोतेको हो ।
जनपरिषदको बोर्ड टाँस्नुका साथै ‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेज गरौं, जनसत्तालाई सुदृढ गरौं’ भन्ने नारा समेत लेखिएको छ । जनसत्ता स्थापना गर्ने तयारी स्वरुप ती बोर्ड टाँगिएको बिप्लव पार्टीका दाङ इन्चार्ज बलबहादुर वली शितलले बताए ।
उनले जनताले आक्रोशमा आएर त्यसको प्रतिवाद गरेको बताएका छन् । कालो पोतेका बोर्डहरु आज प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको निर्देशनमा प्रहरीले हटाएको छ ।












प्रतिक्रिया