२० कार्तिक २०८३, शुक्रबार

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच झडप, दुई विद्यार्थी घाइते

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, १२ वैशाख । कृषि तथा वन विज्ञान रामपुरमा दुई विद्यार्थी समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

अनेरास्ववियु(क्रान्तिकारी) र अनेरास्ववियुबीच आज बिहान १०.३० बजे छात्रावासको भोजनालयमा खाना खाने क्रममा विद्यार्थीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

झडपमा परी घाइते हुनेमा अनेरास्ववियुका चिरन्जीवी पन्त र अर्का एक जना रहेको र उनीहरुलाई उपचारका लागि भरतपुरका पठाइएको छ । केही दिन अगाडि कलेजमा लगाइने टिसर्टका विषयमा उनीहरुबीच विवाद भएको थियो । आज बिहान झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । रासस