
काठमाडौं, ११ बैशाख । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले गोरखामा नेपाली सेनाद्वारा निर्माणाधीन बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक खण्डको शिलान्यास गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण हुन लागेको सडकलाई सेनाले प्राथमिकतामा राखेको छ । सो अवसरमा नेपाली सेनाका रथीबृन्दलगायतको सहभागिता रहेको थियो । प्रधानसेनापति क्षेत्री आजै कास्कीको विजयपुरस्थित पश्चिम पृतना हेडक्वाटर अन्तर्गत कपिलवस्तुको गोरुसिंघेस्थित कालीजंग गणको निरीक्षण भ्रमण समेत गरेका छन् ।
सोही अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हित रक्षार्र्थ अनुशासित, संयम एवम् पेसेवर ढङ्गले कटिबद्ध भई लाग्न निर्देशन दिएका छन् ।












प्रतिक्रिया