२० कार्तिक २०८३, शुक्रबार

जग्गाधनीको अपहरण गरेर करोडौं पर्ने जमिन पास गराउने अपहरणकारी सार्वजनिक

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ११ वैशाख । झापाको विर्तामोडबाट अपहरण गरि करोडौ मुल्यको जमिन पास गराउने अपहरणकारीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका मध्ये भद्रपुर ४ का राजु कुँवर, मेचीनगर ६ का भुपु कान्छा भनिने अजय राई, भद्रपुर ७ का तेजेन्द्र न्यौपाने र भद्रपुर ६ का प्रेम न्यौपानेलाई सार्वजनिक गरिएको हो ।

झापाको विर्तामोड चौकको करोडौ रुपैयाको जमिन अपहरण गरि किर्ते पास गराएको भन्दै उनीहरुलाई गत चैतमा पक्राउ गरिएको थियो ।

शरिर बन्धक तथा अपहरण मुद्दामा अन्यको समेत खोजी तिव्र बनाइएको तर हाल सम्म प्रकाउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शैलेश थापाले जानकारी गराउनु भएको हो ।

अपहरणको मुख्य योजनाकार विर्तामोड ५ का पुजन घिमिरेको समेत प्रहरीले खोजी तिव्र बनाएको छ । निज घिमिरे सगरमाथा टेलिभिजनमा झापाबाट रिपोटिड्ग गर्दै आएका थिए । उनी आफूलाइ अन्तर्राष्ट्रय पत्रकार भनि परिचय दिदै आएका थिए ।

उनीसँगै अर्का पत्रकार शम्भु दाहाललाई समेत प्रहरीले खोजी तिव्र पारेको छ । त्यस्तै विर्तामोड ५का अग्नि भनिने राजु आचार्य समेत अपहरण काण्डको योजनाकारको रुपमा रहेको प्रहरीले बताएको छ ।

त्यस्तै होटल सञ्चालक ओम सिवाकोटीलाइ समेत प्रहरीले खोजी त्रिव बनाएको छ । अन्यको नाम भने प्रहरीले बताएको छैन । मालपोत कार्यलयका कर्मचारी टिकाराम लुइटेल तथा लेखनदास मुक्ति निरौलालाइ समेत अपहरण योजनाको अभियुक्तको रुपमा राखि खोजी तिव्र बनाएको छ ।

गत माघ १२ गते जग्गाधनी जिवन विष्टलाई अपहरण गरि गरामनीको होटल सुभकामनामा राखि बन्दुक देखाइ विर्तामोड ४ मा रहेको १५ करोड मुल्य पर्ने जमिन पास गराएका थिए ।

मालपोत कार्यालय भद्रपुरले माघ २० गते डोर खटाइ उक्त जमिन पास गराएका पाइएको छ । रजिष्टेन पासमा माघ १२ गते र माघ २० गते उल्लेख गरिएकोले पनि अपहरण काण्ड झन योजनाबद्ध भएको प्रहरीले बताएको छ । जमिन पास गर्दा जग्गाधनी भारतको कुनै स्थान भएको र माघ २० गते जिवन विष्ट हुँ भन्दै मेचीनगरका राजु कुँवरले जमिन पास गरेको देखिएको छ । राजु कुँवरले जिवन विष्टको नाममा नागरिकता लिइ आफू विष्ट भएको बताएको अध्ययनले देखाएको हो ।

जग्गा पास लिने भद्रपुरका प्रेम न्यौपानेले जग्गाधनी विष्टलाइ पैसा नदिएको देखिएको भएपनि अन्य योजनामा आवद्धलाइ २ करोड रुपैया भन्दा धेरै चेकको माध्यम र नगद बाडेका देखिएको प्रहरीले बताएको छ ।