२० कार्तिक २०८३, शुक्रबार

बुुढानिलकण्ठको मेयरमा खड्काको दाबी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका युवा नेता श्यामबहादुर खडकाले बुढानिलकण्ठ नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन ।

नेपाल बिद्यार्थी संघबाट २०४२ देखि राजनीतिमा सक्रिय खडकाले ‘बुढानिलकण्ठ नगरपालिकाको विकास, बिस्तार, संरक्षण, सुरक्षा र सुधार’ भन्ने नारा सहित स्थानिय निकाय निर्वाचनमा जाने घोषणा गरेका हुन । खड्का नेपाली कांग्रेसका निर्वाचित महाधिवेशन प्रतिनिधी हुन ।

बिण्णु–बुद्ध परिक्रमाका लागि बुढानिकलण्ठ र कपन जोडने सडक निर्माणलाई मुख्य योजनाका रुपमा अघि सारेका खडका यस
क्षेत्रका लोकप्रिय युवा नेता हुन ।यस्तै धार्मिक पर्यटनका लागि आन्तरिक र बाह्य प्रचार –प्रसार र शान्ति सुब्यवस्थालाई आफ्नो चुनावी नारा बनाउने खडकाले घोषणागर्दै आफु मेयरका लागि मुख्य र सशक्त दावेदार भएको दाबी गरेका छन ।

शिवपुरी राष्ट्रिय निकुञ्जको विकास, बुढानिलकण्ठमा रहेका धार्मिक संम्पदाको संरक्षण र प्रर्वद्धन तथा बुढानिकण्ठ नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाको संरक्षण र मिचिएका जग्गा फुकुवाका लागि पहल गर्ने खडकाले घोषणमा भनेका छन । यस्तै बागद्धार क्षेत्रको संरक्षण र विकासका लागि बेग्लै गुरुयोजना सहितको कार्यक्रम ल्याउने खडकाको योजना छ ।

‘क्षेत्रको विकाससँगै दिर्घकालिन रुपमा आर्थिक निर्भर बनाउन आवश्यक योजना र त्यसको कार्यन्वयनमा मेरो जोड हुनेछ, रोजगार, अवसर र विकास एकसाथ अघि बढनेछ,’ घोषणामा खडकाले भनेका छन । उनले वातावरण अनुकुल विकास र आर्थिक निर्भरताले नै क्षेत्रको विकासको अनुभव बुढानिलकण्ठबासीलाई गराउन आफुले उम्मेदवारी घोषणा गरेको बताए ।

खडका २०४६ सालको जनआन्दोलनमा निरंकुश पंञ्चायती ब्यवस्था बिरुद्ध आन्दोलनमा होमिएका थिए । आन्दोलनको सफलता पछि तत्कालिन बुढानिलकण्ठ गाबिसको वडा संयोजक र बिष्णु बुढानिलकण्ठको इकाई सदस्य बनेका थिए । यस्तै नेपाली कांग्रेस बाहैं महाधिवेशनमा निर्वाचित प्रतिनिधि र संगठन विभाग सदस्य बनेका खडकाले संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर पाँच सहित देशभर युवा परिचालनको नेतृत्व लिएका थिए ।