२० कार्तिक २०८३, शुक्रबार

बाँकेमा एमाले उम्मेदवारको टुंगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


आकाश देबकोटा बाँके, १० बैशाख । नेकपा एमाले बाँकेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।  प्रदेश कमिटिको शनिबार भएको बैठकले नेपालगन्ज उमहानगपालिका बाहेकको उम्मेदवारीको टुंगो लगाएको हो ।

एमाले बाँकेले कोहलपुरमा प्रमुखका लागि लुटबहादुर रावत र उपप्रमुखका लागि कृष्णाकुमारी चौधरी, बैजनाथ गाउँपालिकामा प्रमुखमा मानबहादुर रुचाल र उपप्रमुखमा शारदा विकलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेशक कमिटीका सचिवालय सदस्य खिमलाल भट्टराईले बतानुभयो ।

त्यस्तै, खजुरा गाउँपालिका प्रमुख किस्मत कक्षपति र उपप्रमुखमा एकमाया विक, डुडुवा गाउँपालिकामामा सकिल अहमद खाँ र उपप्रमुखमा कृष्णावति पाण्डे, राप्तीसोनारी प्रमुखमा तुल्सीराम थारु र उपप्रमुखमा चमेली बागबल, जानकी गाउँपालिकामा रामनिवास यादव र उपप्रमुखमा भूमिसरा धिताललाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटिले गरेको हो ।

नरैनापुर गाउँपालिकामा विक्रम यादव र उपप्रमुखमा सुनितादेवी यादवलाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटीले गरेको सचिवालय सदस्य खिमलाल भट्टराईले नेपालगन्जन्यूजलाई जानकारी दिएका हुन् । एमाले बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको उम्मेदवारी पनि छिट्टै टुंयाउने जानकारी गराएको छ ।