२० कार्तिक २०८३, शुक्रबार

जनकपुरमा ‘उपद्रो मच्चाउने’ मधेसी मोर्चाका १३ नेता कार्यकर्ता पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

जनकपुर, ८ वैशाख । आगामी वैशाख ३१ गतको स्थानीय तहको निर्वाचन तयारीका गतिविधि विथोल्न खोज्ने मधेसी मोर्चाका १३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार धनुषाको जनकपुरमा मतदाता शिक्षासम्बन्धी तालिम बिथोल्न खोज्ने राष्ट्रिय जनता पार्टीका कार्यकर्ता सञ्जय सिंह, परमेश्वार साह, प्रमोद यादवलगायत १३ जना पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

पक्राउ परेका मोर्चाका नेता कार्यकर्ताले जनकपुर उपमहानगरपालिका १४ मुजेलियाको सडक डिभिजन कार्यालयको सभाकक्षमा निर्वाचन कार्यालय धनुषाले शुक्रबारदेखि आयोजना गरेको मतदाता शिक्षासम्बन्धी तालिममा अवरोध पुर्याउने प्रयास गरेका थिए ।